विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलु खोला (सोलु–दूधकोसी) जलविद्युत आयोजनाको डिसान्डरमा पानी भर्ने काम सम्पन्न भएको छ । निर्माण सम्पन्न डिसान्डरमा पानी भर्ने काम सकिएको हो ।

निर्माण पूरा भएको डिसान्डरमा पानी भरेर परिक्षण गरिएको प्रवर्द्धक साहास ऊर्जा कम्पनी लिमिटेडका अध्यक्ष हिम पाठकले बताए । डिसान्डरमा जडान भएको उपकरण ठिक छ की छैन हेर्न पानी भरेर जाँच गरिएको छ ।

निर्माणाधीन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको ८५ प्रतिशत काम सकिएको छ । बाँकी काम पूरा गरेर आगामी ५ महिनाभित्र उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीका जनसम्पर्क अधिकृत कैलाश निराैलाले जानकारी दिए ।

आयोजनाको ७ हजार ६ सय ५४ मिटर लामो सुरुङ खन्ने काम सकिएको छ । विद्युतगृह र बाँध क्षेत्रको काम पनि तिव्र गतिमा भइरहेको छ ।

आयोजनाबाट २०७९ असोजभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजनाबाट उत्पादीत विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्लास्थित लम्माने सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक १२ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैले निर्माण गरिरहेको छ ।

आयोजनाबाट वार्षिक ५२९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । जसमा हिउँदमा १००.२७ गिगावाट घन्टा र वर्षामा ४१९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

आयोजना सम्पन्न गर्न ११ अर्ब ८६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा नेपाल इन्भेसमेन्ट बैंकसहित ९ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । बाँकी साढे ३ करोड रुपैयाँ स्वपुँजी लगानी रहेको छ ।

सोलु खोला बेसिनमा सोलु–दुधकोसीबाहेक ८२ मेगावाटको तल्लो सोलु, १९.८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको जुनबेंसी, २३ं५ मेगावाटको सोलुलगायतका आयोजना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit