विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र लगानी बोर्डको संरक्षकत्वमा हुन लागेको चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोका लागि बाह्रभन्दा बढी देशले करिब १०० वटा स्टल बुकिङ गरेका छन् । जसमा भारतका प्रतिष्ठित व्यापारिक घराना अडानी समूह, पावर ट्रेड कर्पोरेशन (पिटिसी) लगायतको सहभागिता हुने भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको सस्था, नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले आयोजना गर्न लागेको एक्स्पोका लागि उत्साहजनक सहभागिता हुने जनाइएको छ । इपानले शुक्रबार पत्रकार सम्मेलन गरी सबै तयारी पूरा भएको समेत जानकारी दिएको छ ।

बैशाख १२, १३ र १४ गते (अप्रिल २४, २५ र २६) मा भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा हुने एक्स्पो राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । इपानका अनुसार १२ गते बिहान ६ः३० बजे विद्युतीय सवारी (इभी) र्‍याली गर्दै एक्स्पोको सुरुवात हुनेछ । यस्तै, १३ गते राष्ट्रपति पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको इपानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

विद्युतको आन्तरिक खपत वृद्धि गर्न र वातावरणमैत्री सवारी प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना हुने इभी र्‍याली स्काई वाक टावर कमलादीबाट सुरु भई २६ किलोमिटर दूरी तय गर्नेछ । र्‍याली विद्युत् प्राधिकरण, सिंहदरबार, कोटेश्वर, ग्वार्को, जावलाखेल, थापाथली, शितल निवास, बालुवाटर लगायत स्थान हुँदै भृकुटीमण्डपमा समापन हुनेछ ।

र्‍यालीमा विद्युतबाट चल्ने दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, चार पाङ्ग्रे र छ पाङ्ग्रे इभीहरूलाई सहभागी गराइने जनाएको छ । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको पहिलो दिन इभी र्‍यालीका अलवा प्रदर्शनीस्थल भृकुटीमण्डपमा उच्चस्तरीय व्यापारिक वार्ता एवम् छलफल तय भएका छन् । जसमा, भारतका प्रतिष्ठित अडानी समूह, पिटिसी लगायत कम्पनीका प्रतिनिधिसँग छलफल हुनेछ ।

यसैगरी, एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका १०० भन्दा धेरै स्टलहरूको बुकिङ सम्पन्न भइसकेको पनि इपानले जानकारी दिएको छ । आर्थिक गतिविधिहरू सुस्त भइरहेको अहिलेको अवस्थामा पनि एक्स्पोमा उत्साहजनक सहभागिता हुन लागेको अध्यक्ष कार्कीले बताए । ‘एउटा विद्युत् आयोजना बनाउन जे जति सेवा वा वस्तुहरू चाहिन्छन् सबै एकै ठाउँमा पाइने भएकाले ऊर्जा क्षेत्रसँग सरोकार राख्ने सबैले एक पटक एक्स्पोमा भिजिट गर्नैपर्छ,’ उनले भने ।

एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ । नेपालले दीर्घकालीनरूपमा भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता गरेको छ । यस्तै, सन् २०३५ भित्र बंगलादेशमा समेत गरी १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्यसहित २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने मार्गचित्र तयार गरिएको छ ।

नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाका बारेमा ज्ञान र सूचना आदानप्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इपानका महासचिव बलराम खतिवडाले बताए ।

एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकाय, विश्वविद्यालय/कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कूटनीतिज्ञ नियोगहरू, मित्रराष्ट्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी लगायत सरोकारवाला निकायका प्रतिनिधि, प्रबुद्ध व्यक्तित्वहरू सहभागी हुने जनाइएको छ ।

विज्ञ, विशेषज्ञ लगायत एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामबारे नीतिगत बहसका साथै नयाँ–नयाँ प्रविधि र उपकरणको प्रर्दशनी गर्न झण्डै एक दर्जनभन्दा बढी देशहरूको सहभागीता निश्चित भइसकेको इभेन्ट म्यानेजमेन्टका कार्यकारी निर्देशक विजयसागर प्रधानले बताए ।

एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै यससँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत् व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीति लगायत विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया गरिने छ । सबै प्राविधिक सत्रलाई विश्वको जुनसुकै स्थानबाट पनि सजिलै भर्चुअल माध्यम प्रयोग गरी सहभागीता तथा अवलोकन गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit