विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । खाद्य सुरक्षा कायम गर्ने मूल ध्येयका साथ नवीकरणीय ऊर्जाको माध्यमबाट कृषि भूमिमा दिगो सिँचाइ प्रवर्द्धन गर्न उद्देश्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन आयोजना हुन लागेको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइिपिसी) ले अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था (इमी) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँगको सहकार्यमा बैशाख १० गतेदेखि १४ गतेसम्म उक्त सम्मेलन गर्न लागेको हो । शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले यो सम्मेलनको मुख्य उद्देश्य जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको असर न्यूनीकरण गर्ने तथा उत्पादकत्व वृद्धिमा सहयोग पुर्‍याउने रहेको बताए ।

‘नवीकरणीय ऊर्जाका माध्यमबाट कृषि क्षेत्रमा कसरी सहयोग पुर्‍याउन सकिन्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय ज्ञान, अनुभव एवम् अध्ययन अनुसन्धानका विषय आदानप्रदान हुनेछ,’ उनले भने, ‘जलवायु परिवर्तनबाट जोगिन विश्वले कस्ता खालका उपाय अपनाइरहेको छ भन्ने विषय पनि हामीले जान्न पाउँछौँ ।’

उत्पादनमूलक क्षेत्रमा ऊर्जाको प्रयोग बढाउनका लागि पनि उक्त सम्मेलनले सहयोग पुर्‍याउने ढकालको भनाइ थियो । उनका अनुसार अहिलेसम्म केन्द्रले ३ हजार ३ सय ४२ वटा सौर्य पम्पिङ आयोजनालाई सहयोग पुर्‍याइसकेको छ । अहिले देशभर करिब ४ लाख सिँचाइ पम्प रहेकोमा अधिकांश डिजेलबाट सञ्चालन हुने गरेको जानकारी दिइएको थियो ।

कार्यक्रममा इमीकी नेपाल प्रतिनिधि डा‌. मनोहरा खड्काले सौर्य सिँचाइ पम्पिङलाई देशैभरि विस्तार गर्ने उद्देश्यका साथ पनि यो सम्मेलन गर्न लागिएको बताइन् । ‘विशेषतः इमीले पानीको सुरक्षाका क्षेत्रमा काम गर्छ, त्यही अनुसार नेपालमा दिगो भूमिगत जल–उपयोगलाई समेत प्राथमिकता दिइएको छ ।’ नवीकरणीय ऊर्जामार्फत सिँचाइ विस्तार गरी खाद्य सुरक्षा सुनिश्चित गर्न पनि यो सम्मेलन सहायक हुने उनको भनाइ थियो ।

यसैगरी, कार्यक्रममा इसिमोडका ऊर्जाविज्ञ अभिषेक मल्लले नेपालमा प्रयोग भइरहेका अधिकांश सिँचाइ पम्पहरू डिजेलबाट सञ्चालन भइरहेको बताउँदै यसलाई सौर्य तथा नवीकरणीय ऊर्जाले प्रतिस्थापन गर्नुपर्ने समय आएको बताए । ‘देशको कुल विद्युत् खपतमा कृषि क्षेत्रको खपत जम्मा ३ प्रतिशत रहेको छ, अहिलेसम्म कुल खेतीयोग्य जमिनमध्ये ४० प्रतिशतमा मात्र सिँचाइ पुगेको छ,’ उनले भने, ‘पहाड र हिमाली क्षेत्रका ८७ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ पुगेको छैन ।’

५ दिनसम्म हुने सम्मेलनमा ३० देशका १५० भन्दा बढी प्रतिनिधिको उपस्थिति हुने केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार बैशाख १० गते ‘सौर्य सिँचाइ सम्बन्धी राष्ट्रिय विज्ञान–नीति संवाद’, ११ गते ‘हिन्दुकुश हिमालय क्षेत्रमा कृषिमा नवीकरणीय ऊर्जाको उत्पादनमूलक उपयोग वृद्धि’ तथा १२ देखि १४ गतेसम्म ‘समावेशी सौर्य सिँचाइ प्रणाली सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञान नीति’का विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit