विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । पछिल्लो समयमा जलविद्युत् कम्पनीहरूको सेयरप्रति लगानीकर्ताहरूको विश्वास बढेको देखिन्छ । सेयर बजारमा हाइड्रोपावर कम्पनीहरूको सेयर मूल्य पनि बढेको देखिन्छ । कतिपय हाइड्रोपावर कम्पनीहरूको सेयरको मूल्य भेरे प्रचलित वाणिज्य बैंकहरूको सेयरको मूल्यभन्दा पनि बढी पुगेको छ । केही हाइड्रोपावर कम्पनीहरूको सेयरमा लगानीकर्ताहरू झुम्मिएको पनि देखिन्छ । त्यसो त पछिल्लो समयमा जलविद्युत् कम्पनीहरूको आईपीओ सेयर खरिदमा आवेदन दिने लगानीकर्ताहरूको संख्या ह्वात्तै बढेको देखिन्छ ।

निष्कासन भएका÷गरेका हाइड्रोपावर कम्पनीहरूको प्राथमिक सेयरप्रति लगानीकर्ताहरूको आकर्षण बढ्नुका कारण भने विभिन्न रहेका छ । त्यसो त जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयरमा मात्र नभई दोस्रो बजारमा पनि आकर्षण बढेको छ । हाइड्रोपावर कम्पनीमा प्राथमिक सेयर (आईपीओ सेयरका) लागि आवेदन दिनेहरूका संख्या नै १७ लाखभन्दा बढी भइसकेको छ । केही महिना अगाडिसम्म हाइड्रोपावर कम्पनीहरूको आईपीओ सेयरमा आवेदन दिनेहरू त्यति थिएन ।

त्यस बेला निष्कासन भएका हाइड्रोपावर कम्पनीहरूको प्राथमिक सेयर (आईपीओ सेयर) सबै बिक्री नै हुन सकेका थिएनन् भने नबिकेको आईपीओ सेयरको प्रत्याभूति लिने कम्पनीहरूले समेत प्रत्याभूति लिन आनाकानी गर्ने गरेका थिए । त्यस बेला सेयर बजारको दोस्रो बजारमा नै हाइड्रोपावर कम्पनीहरूको सेयरको मूल्य घट्दो अवस्थामा थियो । १ सय रुपैयाँको सेयर दोस्रो बजारमा १ सय रुपैयाँभन्दा कम मूल्यमा नै पाइने भएकाले त्यस बेला जलविद्युत् कम्पनीहरूको आईपीओमा लगानीकर्ताहरूको आकर्षण घटेको देखिन्थ्यो । त्यस बखतमा हाइड्रोपावर कम्पनीहरूको मात्र नभई अरू समूहको सेयरको मूल्य पनि घटेको देखिन्थ्यो । तर, पछिल्लो समयमा नेप्से बढेसँगे अरू कम्पनीहरूका साथसाथै जलविद्युत् कम्पनीहरूको सेयर मूल्यमा पनि बढोत्तरी भएको देखिन्छ । सायद यही कारणले पनि होला, पछिल्लो समयमा हाइड्रोपावर कम्पनीहरूको आईपीओ सेयरमा पनि लगानीकर्ताहरूको आकर्षण बढेको ।

त्यसो त पछिल्लो समयमा आईपीओ सेयरमा खरिद आवेदन दिनेहरू ह्वात्तै बढेको देखिन्छ भने डिम्याट खाता खोल्नेहरू पनि ३५ लाखभन्दा बढी भइसकेको छ । लगानीकर्ता बढेका कारण बजारमा धेरैजसो हाइड्रोपावर कम्पनीहरूको सेयर मूल्य बढेको पनि छ । आर्थिक वर्ष २०७६÷७७ मा धेरैजसो हाइड्रोपावर कम्पनीहरूले प्रगति नै गरेका देखिन्छन् । धेरैजसो हाइड्रोपावर कम्पनीहरूको आर्थिक सूचकांक पनि राम्रो नै मान्नुपर्ने हुन्छ भने कतिपय जलविद्युत् कम्पनीहरूले लाभांशसमेत दिइसकेका छन् भने केहीले लाभांशको घोषणासमेत गरिरहेका छन् । यो जलविद्युत् कम्पनीका सेयरधनीहरूको लागि सकारात्मक हो ।

त्यसो त अरू बैंक तथा वित्त कम्पनीहरू इन्स्योरेन्स कम्पनीहरूको जस्तो जलविद्युत् कम्पनीका लगानीकर्ताहरूले लाभांश नपाउन सक्छ । जलविद्युत् कम्पनीका सेयरधनीहरूले राम्रो प्रतिफल पाउन केही वर्ष कुर्नुपर्ने हुन्छ । त्यसो त होल्ड गर्न सक्ने लगानीकर्ताहरूका लागि जलविद्युत् कम्पनीको सेयर उपयुक्त हो ।

पछिल्लो समयमा सेयर बजारमा चाहे प्राथमिक बजार होस्, चाहे दोस्रो बजारमा होस्, लगानीकर्ताहरूको आकर्षण बढिरहेको छ । तर पनि प्राथमिक बजारमा लगानीकर्ताहरूको आकर्षण ह्वात्तै बढ्नु स्वभाविक मानिन्छ । पछिल्लो समयमा नयाँ–नयाँ लगानीकर्ताहरू सेयर बजारमा प्रवेश गरिरहेका छन् । र नयाँ–नयाँ लगानीकर्ताहरूको आकर्षण प्राथमिक बजारमा नै हुन्छ । धेरैजसो लगानीकर्ताहरूको प्रवेश प्राथमिक बजारबाट नै हुन्छ । प्राथमिक बजारमा जोखिम कम हुन्छ भने दोस्रो बजारमा जोखिम अलि बढी हुन्छ । त्यस्तै लामो अवधिका लगानीकर्ताहरूका लागि प्राथमिक बजारमा लगानी गर्न नै उपयुक्त हुन्छ । त्यसो त प्राथमिक बजारबाट लगानीकर्ताहरू सेयर बजारमा प्रवेश गरे पनि आखिरमा गन्तव्य त दोस्रो बजार नै हो ।

कतिपय प्राथमिक बजारमा लगानीकर्ताहरू ह्वात्तै बढेसँगै आईपीओ पाउन पनि गा-हो हुँदै गइरहेको छ भन्ने पनि गरिरहेका छन् । पहिला जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर नबिकेको अवस्था पनि थियो भने पछिल्लो समयमा १० कित्ता सेयर पाउनका लागि पनि गोलाप्रथा विधिबाट सेयर बाँडफाँड गर्नुपर्ने अवस्था पनि आइसकेको छ । पछिल्लो समयमा जलविद्युत् कम्पनीहरूले माग गरेभन्दा पनि कैयौं गुणाले बढी आवेदन पर्ने भएकाले गोला प्रथाबाट सेयरको बाँडफाँड गर्नुपरिरहेको छ । जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर (आईपीओ सेयरमा) पनि लगानीकर्ताहरूको विश्वास बढेका कारण पछि ती लगानीकर्ताहरू दोस्रो बजारमा प्रबश गर्ने नै हुन् ।

जलविद्युत् कम्पनीका लगानीकर्ताहरूको पनि दिन आउँछ नि भन्ने एउटा भनाइ पनि छ बजारमा । तर, जलविद्युत् कम्पनीका सेयरधनीहरूको धैर्यता भने हुनुपर्छ । त्यसो त सेयर बजारमा लागेका सबै लगानीकर्ताहरूको धैर्यता हुनुपर्छ, होल्ड गर्न सक्ने क्षमता हुनपर्छ भने सेयर बजारमा चल्ने हल्लाको पछि लागेर डराउने, आत्तिने गर्नुभन्दा पनि सेयर बजारको सही जानकारी लिएर लगानी गर्न सक्ने क्षमता लगानीकर्ताहरूमा हुनुपर्छ ।

सेयर बजारमा हल्लाको खेती गरेर बजारलाई आफ्नो अनुकूल बनाउन चलखेल गर्ने लगानीकर्ताहरू पनि नभएका होइनन् । सेयर बजारमा त्यसरी नै हल्लाको पछि लागेर वैकुण्ठ मानन्धरजस्तो दौडिने अनि आपूmलाई नोक्सानीमा पार्ने लगानीकर्ताहरू पनि नभएका होइनन् । चाहे प्राथमिक बजारमा होस्, चाहे दोस्रो बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरूले हल्ला र अरूको देखासिकीबाट अरूको लहलहैमा लागेर सेयर बजारमा लगानी गर्नुभन्दा पनि आफूले सेयर बजारका बारेमा राम्ररी जानकारी लिएर कम्पनीहरूका बारेमा राम्ररी अध्ययन र जानकारी लिएर सेयर बजारमा लगानी गर्नुपर्ने देखिन्छ । सेयर बजारमा उतारचढाव भने भइ नै रहन्छ ।

नेप्से कहिले बढ्छ त कहिले घट्छ । सेयर बजारमा नेप्से सधै बढ्ने र सधैं घट्ने भइरहँदैन । नेप्से घट्ने–बढ्ने भइरहन्छ । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूले सेयर बजारका कम्पनीहरूको वस्तुस्थितिका बारेमा जानकारी लिएर अध्ययन गरेर लगानी गरेमा सेयर बजारबाट लाभ लिन सकिने हुन्छ । अबका दिनमा पनि थुप्रै जलविद्युत् कम्पनीहरूको आईपीओ सेयरहरू निष्कासन हुने देखिन्छ । धेरैजसो जलविद्युत् कम्पनीहरू त निष्कासनको पाइप लाइनमा नै रहेको छ ।

कारोबार दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit