images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भृकुटीमण्डमा आयोजना गभएकाे १५औँ संस्करणको ‘नाडा अटो शो २०२३’ मा ५ सयभन्दा बढी टाटा टियागो इभीको बुकिङ गराउन सफल भएकाे छ । भदाै २६ गतेबाट ३१ गतेसम्म भएकाे अटो शो मा ५ सय थानभन्दा बढी इभीको बुकिङ गराउन सफल भएको हो । 

सिप्रदीले उक्त शाेमा सार्वजनिक गरेको टाटा टियागो इभी, टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चले उत्कृष्ट प्रदर्शन गरेका छन् । सुरुवाती मूल्य २१.९९ लाख राखेर नेपाली बजारमा सार्वजनिक गरिएको टियागो इभीको अटो शोको ६ दिनमा ५०० भन्दा धेरै थान बुकिङ भएको कम्पनीले जनाएको छ । साथै, नाडा अटो शोमा नै सार्वजनिक गरिएको टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ पनि उल्लेखनीय रहेको छ ।  

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिँजापतिका अनुसार ‘नाडा अटो शो' मा  टाटा मोटर्सका गाडीप्रति अटो पारखी सर्वसाधारणले निकै उत्साह देखाएका छन् ।

उनले भने, 'जुन हिसाबले टाटा मोटर्सका गाडीप्रति चासो मात्र नभएर बुकिङ पनि गर्नुभएकाे छ, त्यसले नेपाली जनताको चाहअनुसारको गाडीहरू ल्याउन सफल भएको महसुस गरेका छौँ र भविष्यमा पनि बजारको माग अनुसारको गाडीहरु नेपालमा भित्रयाउने दृढ़ संकल्प लिएका छौँ ।’  

उनका अनुसार टाटाका गाडी उत्कृष्ट विशेषतायुक्त छन् । अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा ५ वटा मुख्य विशेषता छन् ।  जसमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आरामदायीता रहेका छन् । क्रुज कन्ट्रोलसहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत विशेषता छन् । 

यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लसको ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३  किलोमिटर रहेको छ । टियागो इभी जस्तै अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषता भएको नेक्सन इभी एक्स जेट प्लसले अन्यभन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ । सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन् ।  

त्यसैगरी, टाटाको ‘न्यु फरेभ’ रेञ्ज अन्तर्गतको टाटा पन्चको चार आधारस्तम्भहरु छन् । आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेको छ । नँया युग सुहाँउदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकको बदलिँदो इच्छा एवं आकांक्षा पूरा गर्ने कम्पनीकाे दाबी छ ।

टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभीका रुपमा पनि परिचित छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit