विद्युत अपडेट

  • प्राधिकरण : ५८३७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१३१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९०९८ मे.वा.घन्टा
  • आयात : १२४८३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १४५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३१००५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १६१० मे.वा.
२०७९ चैत १९, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर ऊर्जा दक्षता

काठमाडौं । नेपाल इनर्जी फाउन्डेसन (एनइएफ) ले ६ वर्षअघि ‘प्राविधिक र नीतिगत अनुसन्धानमार्फत सामुदायिक विद्युतीकरणमा ऊर्जा व्यवस्थापन अभिवृद्धि’ शीर्षकको रणनीतिक अनुसन्धान परियोजना सुरु गरेको थियो । एनइएफ डिसेम्बर २०१७ मा काठमाडौं विश्वविद्यालयद्वारा प्रबन्धित र नर्वेली विदेश मामिला मन्त्रालयद्वारा वित्त पोषित कार्यक्रम, इनरजाइज नेपालको आर्थिक सहयोगमा सो परियोजना ल्याइएको थियो ।

सामुदायिक ग्रामीण विद्युत निकायहरूमार्फत विभिन्न आयामबाट सञ्चालन भइरहेका सामुदायिक विद्युतीकरणलाई राम्रोसँग अनुसन्धान र प्रमाणमा आधारित सिफारिसहरू प्रदान गर्नु परियोजनाको मुख्य उद्देश्य थियो । एनइएफले यो अनुसन्धान दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी लिमिटेड (एसएलआरइसी) सँगको साझेदारीमा गरेको थियो । यसको कार्यक्षेत्र एसएलआरइसी र यसका चयन गरिएका लोड सेन्टरहरू थिए ।

विद्युतीकरण संस्थाहरूको वित्तीय स्वास्थ्यमा सुधार ल्याउन, संगठनात्मक दक्षता प्रवद्र्धनका लागि सुधारका क्षेत्रहरू पहिचान गर्नु यो परियोजनाको पहिलो उदेश्य थियो ।  अर्को, आपूर्ति र मागमा दक्षता सुधार, बिलिङ र बिल भुक्तानी विधिहरूका लागि प्राविधिक समाधानहरू अन्वेषण, डिजाइन र कार्यान्वयन थियो ।

साथै, बल्क तथा खुद्रा ट्यारिफ र सरकारी अनुदानका नीति अनुसन्धान गर्न र सामुदायिक ग्रामीण संस्थाहरूको विद्युतीकरण व्यवस्थापनमा संगठनात्मक प्रभावकारिता बढाउन सिफारिसहरू गर्नु पनि रहेको थियो । परियोजनाको दायरा एसएलआरइसीलाई अध्ययन संस्थाको रूपमा केन्द्रित गर्दै प्राविधिक अनुसन्धान र विकासका साथै नीति सम्बन्धी अनुसन्धानहरू गरिएको थियो ।

इनरजाइज नेपालको सहयोगमा गरिएको यो अनुुसन्धानले प्राविधिक तथा नीतिगतरूपमा सामुदायिक विद्युतीकरणको ऊर्जा व्यवस्थापन अभिवृद्धि गर्न टेवा पुर्याएको विश्वास गरिएको छ ।

यस अनुसन्धान परियोजनाद्वारा ११६ किलोमिटर वितरण लाइनमार्फत ६१३४ भन्दा बढीले विद्युत प्रयोग गर्न सक्ने निचोड निस्केको थियो । साथै, विद्युतीय बिलिङ प्रणाली र सामुदायिक ग्रामीण विद्युतीकरण नीतिगत सवाल विश्लेषणको विकास भएको अनुमान छ ।

यो परियोजनामार्फत ८० रुपैयाँको बिजुलीको बिल तिर्न ५०० रुपैयाँ खर्च गर्नु नपर्ने भएकाले गोटीखेलवासी निकै खुसी भएको अनुसन्धानमा सहभागी अनुगमन इन्जिनियर कृतिशा पाहिजुको भनाइ रहेको छ ।

एसएलआरइसीमा मिटर रिडिङदेखि नगद प्राप्तिसम्मका सबै काम कागजमा आधारित कारोबार म्यानुअलरूपमा हुने गरेको थियो । मिटर रिडिङ गर्ने कर्मचारीले थोरै मात्रामा ऊर्जा खपतका लागि मिटर रिड गर्न अप्ठ्यारो क्षेत्रमा लामो दूरीको यात्रा गर्नुपर्ने अवस्था थियो । उनीहरूले तोकिएको मितिमा रिडिङका लागि त्यस्ता घरपरिवारमा जान सक्ने अवस्था पनि थिएन ।

दुर्गम क्षेत्रका उपभोक्ताले ढुवानी सुविधाको अभाव र नाजुक सडकको अवस्थाका कारण एक दिन पूरै खर्च गरेर बिल भुक्तानीका लागि एसएलआरईसी कार्यालयसम्म जानुपर्ने बाध्यता अब हटेको छ । यस्तो अवस्थालाई पार गर्न एसएलआरइसीमा मोबाइलमा आधारित बिलिङ÷भुक्तानी प्रणालीको सुरुवात भएको छ । जसले, मिटर रिफाइन र बिल भुक्तानीको परम्परागत तरिकामा परिवर्तन ल्याएको छ ।

पहिले डाटा लग, पाना प्रविष्ट गरेर मिटर रिडिङ म्यानुअलरूपमा हुन्थ्यो तर अब सबै स्मार्ट फोनबाट हुने गरेको छ । गोटिखेलमा बिजुलीको महसुल भुक्तानी गर्न उपभोक्ताले मिटर रिडिङ गर्दा मिटर रिडरमार्फत वा ई–सेवामार्फत भुक्तानी गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit