• प्राधिकरण : १०९१६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०९२१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११४३२ मे.वा.घन्टा
  • आयात : ६८८ मे.वा.घन्टा
  • निर्यात : ३१०४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ३३९५७ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १५६७ मे.वा.
×

स्मार्ट ग्रिड सिस्टमको आवश्यकता र महत्त्व

२०७८ असोज १

काठमाडौं । नेपालको विद्युत उत्पादनको इतिहास खोज्ने हो भने एक शताब्दी पछाडि फर्किनुपर्ने हुन्छ । जहाँ हामी जलविद्युत उत्पादनमा एसियाको दोस्रो स्थानमा आफूलाई पाउछौं । यस्तो, गर्विलो इतिहास हुँदाहँुदै एक शताब्दीपश्चात कहालीलाग्दो अवस्थाको लोडसेडिङ सामना गर्नुपर्दा जिब्रो टोक्नुपर्ने हुन्छ ।

आखिर यस्तो भयो कसरी ? नेपाल विश्वमै जलस्रोतमा धनी देश, जहाँ ६००० नदी–नालाबाट ८३ हजार मेगावाट विद्युत उत्पादन गर्न सक्ने सम्भाव्यता औंल्याइएको छ । यस्तो देशमा, लोडसेडिङको अँध्यारोसँग सामना गर्नुपर्यो । यो सबैको एकमुष्ठ जवाफ हो, सही समयमा विद्युत उत्पादनका लागि सही कदम चाल्न नसक्नु ।

केही वर्षदेखि नेपाल विद्युत प्राधिकरण कुलमान घिसिङको नेतृत्वमा सञ्चालित छ । पर्याप्त विद्युत उत्पादन र उहाँको टिमले मिहिनेत गरेका कारण लोडसेडिङबाट मुक्त भइयो । तर, अझै पनी विद्युत प्रवाहमा निरन्तरता र गुणस्तरीय सेवाको सुनिश्चितता हुन सकेको छैन । नेपाल विस्तारै जलविद्युत उत्पादनमा आत्मनिर्भर उन्मुख हुँदै छ तर के हाम्रो समग्र विद्युत प्रणाली भरपर्दो छ त ?

जुन गतिमा हाम्रो उत्पादन वृद्धि भइरहेको छ, के त्यही गतिमा अन्य संरचना निर्माण भइरहेको छन् त ? झ्याप–झ्याप बत्ति जाने र सिष्टम फेल भइरहने समस्याको दिगो समाधान के हो ? आजको छलफल र बहस यिनै प्रश्नहरूको सेरोफेरोमा रहेर गरिएको छ । यहाँ Future technology को रूपमा विकास भइरहेको स्मार्ट ग्रिड सिस्टम (Smart Grid System) को आवश्यकता र यसको महत्त्वको उजागर गर्ने प्रयास गरिएको छ ।

कुनै समय मागअनुसार विद्युत उत्पादन नहुँदा लोडसेडिङ भोग्नुपर्ने परिस्थिति आइलाग्यो । यसले हाम्रो जीवनमा पारेको प्रभावबारे हामी भुक्तभोगी र जानकार छौं । यसरी नै यही गतिमा विद्युत उत्पादन वृद्धि हुदै गयो र माग तथा आपूर्तिबीच सन्तुुलन कायम गर्न सकेनौं भने अर्को समस्या झेल्नुपर्ने हुन्छ ।

विद्युत हुँदा हुँदै पनि हामी अध्यारोमा बस्नुपर्ने बाध्यता आइलाग्छ । हाम्रा लागि यो भन्दा ठूलो दुर्भाग्य अरू हुन सक्दैन । त्यसैले, यी सम्पूर्ण समस्याको समाधान स्मार्ट ग्रिड सिस्टम हुन सक्छ । जसका लागि बेलैमा सोच्नुपर्ने र यो दिशातिर सरकार तथा प्राधिकरणलगायत ऊर्जा क्षेत्रसँग सम्बन्धित सबै सरोकारवाला निकायले कदम चाल्नुपर्ने देखिन्छ ।

स्मार्ट ग्रिड सिष्टम र यसको महत्त्व

साधारण भाषामा भन्नुपर्दा यो एउटा डिजिटल प्रविधिमा आधारित विद्युत सञ्जाल हो । जहाँ, विद्युत वितरक संस्थाले दोहोरो सूचना तथा विद्युत आदानप्रदानमार्फत विभिन्न नविकरणीय ऊर्जाको समिश्रणबाट गुणस्तरीय विद्युत निरन्तर रूपमा ग्राहकलाई आपूर्ति गर्ने गर्दछ ।

अहिलेको आधुनिक युगमा हरेक कुरा स्मार्ट भएको छ । स्मार्ट मोबाइलको आगमनसँगै हरेक क्षेत्रमा स्मार्ट सिष्टम लागू गर्ने प्रतिसपर्धा नै चलेको छ । जसले, हाम्रो जीवनशैलीलाई सहज र छिटो बनाइदिएको छ । उदाहरणका लागि स्मार्ट बंैकिङ प्रणाली जसले बैंकमा गएर लामो लाइन लागि कारोबार गर्ने झन्झटबाट मुक्त गरिएको छ । हामीलाई घरमै बसेर एकछिनमा गर्न सक्ने सुविधा प्रदान गरेको छ । यसबाट विद्युत प्रणाली पनि अछुतो छैन ।

अहिलेको आधुनिक युगमा विद्युतको आवश्यकता र महत्त्व दिनानु–दिन बढिरहेको छ । एकछिन बत्ति नहुँदा जीवन नै ठप्प भएको महसुस हुन्छ । जसले गर्दा स्मार्ट ग्रिडको आवश्यकता झनै बढेर आएको छ । यसले एकातिर ग्राहक र वितरकबीच विद्युत तथा सूचना आदानप्रदान गर्ने सुविधा प्रदान गर्छ ।

अर्कोतिर, ऊर्जा दक्षता, खपत घटाउने र विद्युतको मूल्यमा पारदर्शितादेखि लिएर भरपर्दो सेवा प्रवाहमा उल्लेख्य भूमिका निर्वाह गर्दछ । विद्युतको उत्पादन र माग बढ्दै जाँदा अहिलेको प्रणालीले माग र आपूर्तिबीच सामञ्जस्यता मिलाउन अति नै गाह्रो हुन जान्छ जुन अहिलेको प्रविधिले धान्न सक्दैन । त्यसका लागि स्वचालित तथा रिमोट कन्ट्रोल प्रणाली (Automation and Remote Control System) ले मात्र सम्भव बनाउँछ ।

स्मार्ट ग्रिडका फाइदाहरू

नेपाल जस्ता विकासशील राष्ट्रका लागि स्मार्ट ग्रिड विद्युतीय क्षेत्रमा युगान्तकारी परिवर्तन हुन सक्छ । यो विद्युतको उपभोग र समग्र देशको विद्युत प्रणालीका लागि क्रान्तिकारी कदम हुन सक्छ । तलका निम्न फाइदाहरूले पनि स्मार्ट ग्रिड प्रणालीको आवश्यकतालाई पुष्टि गर्दछ :

    विद्युत प्रसारणलाई दक्षता र कुशलतापूर्ण सम्पन्न गर्दछ ।
    विद्युत प्रवाह अवरुद्ध हुँदा कम समयमा अति छिटो सेवा पुनस्र्थापना गर्दछ
    यो प्रणाली धेरै मर्मत÷संभार गर्नुपर्दैन । सञ्चालन खर्च कम हुने हुँदा ग्राहकले न्यून दरमा विद्युत उपभोग गर्न पाउँछन् ।
    उच्च माग (Peak demand) लाई घटाउने गर्दछ, जसले विद्युतको दर घटाउन थप मद्दत गर्छ ।
    प्रणालीको दक्षता र सुरक्षामा अत्याधिक सुधार ल्याउँछ ।
    नविकरणीय ऊर्जा सहितको प्रणालीको कल्पना गर्नुका साथै आपतकालीन अवस्थामा विद्युत प्रवाहलाई निरन्तरता दिन्छ ।
    विद्युत उत्पादक, वितरक र ग्राहकबीच दोहोरो सम्बन्ध स्थापित गर्ने भएकोले आन्तरिक द्वन्द्व र असमझदारीलाई न्यूनिकरण गर्दछ ।
    स्मार्ट ग्रिड प्रणालीमा ठाँउ–ठाँउमा सेन्सर जडान गरिएको हुन्छ । जसले, गुणस्तरीय र भरपर्दो सेवा उपभोगलाई ग्राहकको घरसम्म कायम राख्दछ ।
    स्वचालित प्रविधिमा आरित हुने हुँदा छिटो निर्णय लिन सहयोग पुग्छ ।
    कार्बन उत्सर्जनमा पनि कमी ल्याउने हुनाले जलवायु परिवर्तन तथा Global Warmng को समस्या पनि सम्बोधन गर्दछ ।

यी फाइदाबाट सहजै भन्न सकिन्छ कि, स्मार्ट ग्रिडको अपरिहार्यता किन छ ? यसले देशको अर्थतन्त्र उकास्न उतिकै महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । नेपाल जस्ता विकासशील देशलाई औद्योगिक, व्यापारिकलगायत प्रयोजनका लागि दिगो र गुणस्तरीय विद्युतको अति आवश्यक पर्दछ । नेपालले यो प्रविधिलाई आत्मसात् गरी यसतर्फ कदम चाल्नु उचित देखिन्छ ।

स्मार्ट ग्रिड प्रणाली निर्माण

स्मार्ट ग्रिड प्रणाली निर्माण सुरुमा तुलनात्मक हिसाबले महँगो भए पनि दीर्घकालीनरूपमा यसको प्रयोगले लागत सस्तो पर्न जान्छ । यो विश्वभरी विद्युत विकासको क्षेत्रमा ँगतगचभत्चभलम को रूपमा दु्रत गतिमा विकास हुने पक्का छ । र, नेपालले पनि गुरुयोजना बनाई अहिलेदेखि नै अब निर्माण हुने विद्युत संरचना त्यही अनुरूप बनाउने र पुरानो संरचनालाई स्मार्ट ग्रिडमा परिणत गर्ने लक्ष्यसहित अगाडि बढ्नुपर्ने देखिन्छ । समय निर्धारण गरेर योजनाबद्ध तरिकाले अगाडि बढियो भने असम्भव छैन ।

स्मार्ट ग्रिडका लागि आवश्यक विषयहरू

    स्मार्ट सबस्टेशन ।
    स्मार्ट मिटर जडान ।
    Intelligent Appliances को प्रयोग ।
    Super Conduction Cable अथवा कम लस हुने प्रकारको कन्डक्टरको प्रयोग ।
    एकीकृत सञ्चार प्रणाली जडान ।
    नविकरणीय ऊर्जा स्रोतको उचित समिश्रण ।
    शक्ति सञ्चयको सामथ्र्य ।

सरसर्ती हेर्दा स्मार्ट ग्रिडका लागि चाहिने स्मार्ट मिटर जडान कार्य र नविकरणीय ऊर्जा उत्पादनतर्फ कदम चालिसकेको अवस्था छ । अन्य आवश्यक संरचना निर्माणमा योजनाबद्व ढंगले अगाडि बढ्ने हो भने असम्भव छैन ।

हामीले अत्याधुनिक प्रविधि स्मार्ट ग्रिडबारे छलफल र बहस गरिरहँदा यसका नकरात्मकपक्ष र चुनौतीहरूको पनि उजागर गर्नुपर्ने हुन्छ । जहाँ स्मार्ट या भनौं डिजिटल प्रविधि र सूचनाको कुरा आउँछ त्यहाँ साइबर सुरक्षा र ग्राहकको गोपनियता सँगसँगै जोडिएर आउँछ ।

यो प्रविधि स्थापनाको कुरा गरिरहँदा यस्ता चुनौतीलाई बलियो सुरक्षा प्रणाली निर्माण र निगरानी गरी सम्भावित घटनाहरूमा कमी ल्याउन सकिन्छ । अर्कोतिर, नेपाल जस्तो आर्थिकरूपमा विपन्न र कम साक्षरता दर भएको मुलुकमा यसको समुचित प्रयोग र प्रभावकारीताका बारेमा थप सोच्नुपर्ने देखिन्छ ।

स्मार्ट मिटर जडान भएपछि यसको उचित प्रयोग गरिएन भने यसबाट हुने लाभ लिन सकिँदैन । तर, आउने दिनमा देश विकासको गतिमा बढेसँगै यो समस्यामा कमी आउने कुरामा आशावादी हुने पर्याप्त ठाँउ छ ।

यो आलेखको मुख्य उद्देश्य स्मार्ट ग्रिडबारे गहिरो प्राविधिक जानकारी भन्दा पनि नेपालमा स्मार्ट ग्रिडको सम्भावना र आवश्यकताको पहिचान गरी यसबारे बहस होस् भन्ने रहेको छ । सम्बन्धित विज्ञहरूबाट यसबारे आफ्नो धारण प्रस्तुत होस्, जसबाट सम्पूर्ण नागरिकलाई लाभ मिलोस् भन्ने अपेक्ष पनि छ । 

स्मार्ट ग्रिड प्रणाली कार्यान्वयनमा आउन सक्यो भने नेपालको विद्युत क्षेत्रको दिशा बदलिन सक्छ । सुरुमा अली बढी लागत लागे पनि पछिसम्म यसले पार्ने प्र्रभाव अत्यन्तै ठूलो छ । सरकारले नेपाललाई विकसित राष्ट्रको दर्जामा उभ्याउने लक्ष्यमा स्मार्ट ग्रिडले हदैसम्मको भुमिका निर्वाह गर्न सक्छ । तसर्थ, नेपालले यो दिशातिर गहन तरिकाले सोची आफ्नो कार्य अगाडि बढाउनुपर्ने देखिन्छ ।

(चौधरी, विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका सहायक इन्जिनियर हुन्)

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit