विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलुखुम्बुमा निर्माणाधीन १९.८ मेगावाटको माथिल्लो सोलु जलविद्युत आयोजनाको विद्युत उत्पादन तालिका फेरि प्रभावित हुने भएको छ । कोरोना (कोभिड–१९) माहामारीको दोस्रो लहरले आयोजनाको निर्माण प्रभावित हुँदा विद्युत उत्पादन पनि धकेलिने भएको हो ।

विद्युत प्रवाह हुने १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन तयार भएमा २०७८ असोजभित्र आयोजना सम्पन्न गरी उत्पादन सुरु गर्ने तालिका छ । तर, कोरोना संक्रमण नियन्त्रण गर्न लगाइएको निशेधाज्ञाका कारण आयोजनाको निर्माणले गति लिन नसक्दा यो तालिकाअनुसार विद्युत उत्पादन सुरु गर्न सम्भव नहुने देखिएको हो ।

निशेधाज्ञा लागे यता अहिले सुस्त गतिमा काम भइरहेको आयोजना प्रमुख समन मानन्धरले बताए । ‘निशेधाज्ञा लागे पनि हामीले आयोजनाको काम रोकेका छैनौं,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, हाम्रा कर्मचारी साथी र कामदार  नै कोरोना संक्रमित भएपछि भने गति सुस्त हुन पुगेको छ ।’

उनले आयोजनामा कार्यरत २० जना कोरोनाबाट संक्रमित भई स्वास्थ्य लाभ गरिरहेको बताए । संक्रमितमध्ये १ जनालाई स्वास प्रस्वासमा समस्या देखिएपछि राजधानी ल्याएर उपचार गरेको र अहिले अवस्था सामान्य रहेको पनि उनले बताए । अन्य संक्रमितमा भने गम्भिर समस्या देखिएको छैन ।

आयोजनामा कार्यरत धेरै कर्मचारी संक्रमित भएपछि सबैको कोरोना परीक्षण गरेर नेगेटिभ रिर्पोट आएकाहरूलाई मात्रै काममा खटाइएको छ ।निशेधाज्ञा र कर्मचारी तथा कामदार कोरोना संक्रमित हुँदा निर्माणमा परेको प्रभावले आयोजनाको विद्युत उत्पादन तालिका २ देखि ३ महिना धकेलिने अवस्था आएको पनि मानन्धरले बताए ।

‘गत वर्षको लकडाउन र निशेधाज्ञाले ३ महिनासम्म निर्माण ठप्प हुन पुगेको थियो । त्यो बेला काम नरोकिएको भए अहिले आयोजना इलेक्ट्रोमेकानिकल उपकरण जडान भइसक्ने थियो’ उनले भने । ८५ प्रतिशत बढी निर्माण पूरा भइसकेको आयोजनामा अहिले विद्युतगृहको सिभिल संरचनाको काम भइरहेको छ ।

पेनस्टक पाइप जडानको काम पनि अघि बढेको छ । बाँध क्षेत्रका सबै संरचना तयार भइसकेका छन् । मुख्य सुरुङ पनि खनेर सकिएको छ । १५ प्रतिशत निर्माण अझै बाँकी रहेकाले अब आयोजनाबाट  विद्युत उत्पादन सुरु गर्न २०७८ मंसिरदेखि पुससम्मको समय लाग्ने उनले बताए । यो आयोजना बेनी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको हो ।

यो आयोजना प्रतिमेगावाट १८ करोड रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनामा ४ बैंकले ऋण लगानी गरेका छन् । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत सोलु कोरिडोरको तिन्ला सबस्टेसनमा जोडिनेछ । सुरुमा २०७६ पुसदेखि विद्युत उत्पादन गर्ने तालिका थियो । पछि २०७७ पुसका लागि सारियो ।

यो अवधिमा पनि आयोजनाको विद्युत प्रवाह हुने १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन तयार नहुँदा उत्पादन सुरु गने समय धकेलिँदै गएको हो । स्थानीयबासीले उदयपुरमा रुट सार्नुपर्ने माग राखेर  १० वटा टावर निर्माण गर्न अवरोध गरेकाले नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन अझै पूरा गर्न सकेको छैन ।

यो आयोजना सुरुमा १८ मेगावाटमा निर्माण थालिएको थियो । निर्माणका क्रममा नै क्षमता विस्तार गरेर १९.८ मेगावाट बनाइएको हो । २०७१ साउनमा आयोजनाको अनुमतिपत्र खारेज भए पनि विद्युत ऐन, २०४९ को दफा ३७ अनुसार मन्त्रिपरिषदले करार सम्झौता गरी पुरानै कम्पनीलाई पुनःअनुमति दिएपछि निर्माण सुरु गरिएको थियो ।

सोलु बेसिनमा माथिल्लो सोलुसँगै ८६ मेगावाटको सोलु दूधकोसी, ८२ मेगावाटके तल्लो सोलु, ५ मेगावाटके जुनबेंसीलगायत आयोजना निर्माणाधीन छन् । प्रसारण लाइन समस्याकै कारण निर्माण सम्पन्न भइसकेको साढे २३ मेगावाटको सोलु खोला आयोजना पनि पूर्ण क्षमतामा सञ्चालन हुन पाएको छैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit