विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले मुआब्जाको जानकारी दिन माग गरेको छ । मुआब्जा पाएकाहरूले आफ्नो घर, गोठ, संरचना र बोटविरुवाको दररेट अनुसार मुआब्जा वितरणबारे बुढीगण्डकी मुआब्जा, वातावरण, पुनर्बास तथा पुनस्र्थापना इकाइसँग जानकारी माग गरेको हो ।

मुआब्जा नपाउनेहरूले छिटो पाउनु र मुआब्जा पाएकाहरूले दररेट अनुसार कति मुआब्जा पाएको हो भनी थाहा पाउनु डुवानबासीको अधिकार भएको विज्ञप्तीमा उल्लेख छ । ‘तर इकाइले डुवानबासीलाई के–कति दररेटमा कति मुआब्जा दिएको हो भनी जानकारी दिन अस्वीकार गर्नु गैरजिम्मेवारीपन हो’ विज्ञप्तीमा भनिएको छ ।

मुआब्जा दिने क्रममा छुटपुट भएको डुवानबासीलाई चुप बस्न बाध्य पारिएको समितिको आरोप छ । मुआब्जा दररेट थाहा दिन र छुटेको भए मुआब्जा पाउने सुनिश्चित गर्न समितिले माग गरेको छ । डुबानबासीलाई मुआब्जा वितरणको क्रममा उनीहरूको माग र गुनासोलाई बेवास्ता गरेका भन्दै समितिले ध्यानाकर्षण गरेको छ ।

यस्तै, इकाइले विभिन्न बैंकको खातामा डुवानबासीलाई दिएको मुआब्जा रकम सम्बन्धित बैंकले यो वा त्यो बहानामा प्रयोग गर्न दिन रोकेको समितिकाे अाराेप छ । ‘मुआब्जा रकम बैंक खातामा दाखिला भएको १५ दिन भन्दा बढी हुँदा पनि प्रयोग गर्न नदिनुमा आयोजना कार्यालयका जिम्मेवार अधिकारी र बैंक कर्मचारीको मिलेमतोमा कमिसनको खेल भएको आशंका उत्पन्न भएको छ’, विज्ञप्तीमा भनिएको छ ।

आफ्नो खातामा आएको मुआब्जा रकम प्रयोग गर्न दिनबाट वञ्चित गर्ने बैंकहरूको यो रवैया भत्र्सनायोग्य रहेको समितिले जनाएको छ । समितिले मुआब्जा खातामा आएको रकम डुवानबासीलाई आफ्नो चाहना अनुसार प्रयोग गर्न दिन सम्बन्धित बैंकलाई आग्रह छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit