images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरण तथा निजी क्षेत्रले निर्माण गरेको १ मेगावाट भन्दा बढी क्षमताका जलविद्युत कम्पनीहरूबाट ३ अर्ब रुपैयाँ भन्दा बढी रोयल्टी रकम संकलन गरेकाे छ । निर्माण सम्पन्न भई सञ्चालनमा रहेका १२१ कम्पनीहरूबाट सो राेयल्टी रकम संकलन गरेकाे हाे ।

निजी तथा सरकारी निकायले निर्माण सम्पन्न गरेको आयोजनहरूले आर्थिक वर्ष (आव) २०७८/८९ मा ३ अर्ब ५ करोड ७२ लाख ६२ हजार ६ सय ८८ रुपैयाँ रोयल्टी विद्युत विकास विभागलाई तिरेका छन् । विद्युत जडित क्षमता र विद्युत बिक्रीवापतको राेयल्टी विद्युत उत्पादकले विभागलाई तिरेका छन् ।

विभागकाे आव २०७८/७९ को तथ्यांक अनुसार २ अर्ब ४२ करोड २४ लाख १२ हजार २१ रुपैयाँ विद्युत बिक्री बापतको हो । ६३ करोड  ४८ लाख ५० हजार ६ सय ६७ रुपैयाँ जलविद्युत केन्द्रले जडित क्षमता बापत तिरेको रोयल्टी रकम हो ।

४५६ मेगावाटकाे माथिल्लाे तामाकाेसीकाे प्रवर्द्धक अप्पर तामाकाेसी हाइड्राेपावर कम्पनीले १४ कराेड ८६ लाख ६६ हजार रुपैयाँ राेयल्टी तिरेकाे छ । जडित क्षमता बापत ४ कराेड ५६ लाख रुपैयाँ र विद्युत बिक्री गरे बापत १० कराेड ३० लाख ६६ हजार रुपैयाँ राेयल्टी तिरेकाे छ । १४४ मेगावाटको कालीगण्डकी ए ले ६० करोड ८८ लाख २८ हजार ९ सय ३९ रुपैयाँ रोयल्टी तिरेको छ । कुलेखानी-१ ले १४ करोड २४ लाख १४ हजार रुपैयाँ विभागलाई तिरेको छ ।

कुलेखानी-२ ले ७ करोड १४ लाख ५ हजार र कुलेखानी तेस्रोले ४८ लाख ३५ हजार रुपैयाँ रोयल्टी तिरेका छन् । यसैगरी अन्य कम्पनीहरूले राेयल्टी बुझाएका छन् । ४५ मेगावाटको माथिल्लो भोटेकोसीले ४ करोड ५० लाख रुपैयाँ जडित क्षमता बापतको र ३३ करोड ८९ लाख ४९ हजार रुपैयाँ विद्युत बिक्री बापतको राेयल्टी तिरेकाे छ ।

यसैगरी, प्राधिकरणका सहायक कम्पनीमार्फत सञ्चालनमा रहेका आयाेजनालगायत निजी प्रवर्द्धकहरूद्वारा सञ्चालित आयाेजनाहरूले विभागलाइ राेयल्टी रकम तिरेका छन् ।

विभागले जलविद्युत प्रवर्द्धकहरूबाट आव २०६८/६९ सालमा २.५४ अर्ब, २०६९/७० मा १.२५ अर्ब, २०७०/७१ मा १.०६ अर्ब, २०७१/७२ मा १.१४ अर्ब, २०७२/७३ मा १.५७ अर्ब रुपैयाँ संकलन गरेकाे थियाे । यसैगरी, आव २०७३/७४ मा १.४३ अर्ब, २०७४/७५ मा १.८६ अर्ब, २०७५/७६ मा ३.०२ अर्ब, २०७६/७७ मा २.८८ अर्ब र २०७७/७८ मा २.८३ अर्ब रकम संकलन भएकाे विभागको तथ्यांकमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit