विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ भदौ ४, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । एनएमबि बैंकले अनलाइन कर्जा आवेदन तथा ट्रयाकिङ प्रणाली सञ्चालनमा ल्याएको छ । यस नवीन व्यवस्थासँगै ग्राहकहरूले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउन बैंकले जनाएको छ । नयाँ डिजिटल पोर्टल मार्फत ग्राहकहरूले जुनसुकै स्थान वा साधनबाट सजिलै कर्जाको लागि आवेदन दिन र आफ्नो आवेदन कुन चरणमा पुगेको छ भनी ‘रियल–टाइम’ मा ट्रयाक गर्न सक्नेछन् । यसले कर्जा स्वीकृत हुने समय घटाउनुका साथै सम्पूर्ण प्रक्रियालाई पारदर्शी, सरल र वातावरणमैत्री बनाउने बैंकको विश्वास छ ।

बैंकका अनुसार digi.nmb.com.np मा लग–इन गरेरLoan Services df uO{ आवेदन गर्न सकिने बैंकले जनाएको छ । फारम बुझाउनासाथ तुरुन्तै इलष्लिभ ीयबल त्चबअपष्लन क्ष्म् प्राप्त हुनेछ । उक्त ट्र्याकिङ आइडी प्रयोग गरी आफ्नो कर्जा आवेदनको स्थिति सोझै हेर्न सकिने छ ।

सम्पूर्ण कर्जा प्रक्रियालाई डिजिटलाइज गरी ग्राहकको अमूल्य समय बचत गर्न र दिगो तथा प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध रहेको एनएमबि बैंकले जनाएको छ । बैंकले हाल देशभरी १९७ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३