विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्थानीयबासीकाे अवराेध हटेपछि  म्याग्दीमा निर्माणाधीन १४ मेगावाटको घारखोला जलविद्युत आयोजनाको काम सुचारु भएकाे छ । स्थानीयबासीले राखेकाे मागका सम्बन्धमा छलफलबाट समस्याकाे समाधान खाेज्ने सहमति जुटेपछि अवरुद्ध निर्माण सुचारु भएकाे हाे ।

स्थानीयबासीले जिल्लाको अन्नपूूर्ण गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने सडक स्तराेन्नति गरिदिनु पर्ने माग राखेर आयोजनाको निर्माण ठप्प पारेका थिए । २ दिन ठप्प भएकाे निर्माण बिहीबार साँझबाट पुनः सुचारु गरिएकाे आयोजना प्रमुख विनाेद देवकाेटाले बताए । 

‘स्थानीयबासीले सडककाे स्तराेन्नित गरिदिनु पर्ने माग राखेर अवराेध गरेपछि बुधबारदेखि काम ठप्प थियाे,’ उनले ऊर्जा खबरसँग भने ,‘मागका सम्बन्धमा आयोजनाकाे व्यवस्थापन पक्ष र स्थानीयबासीबीच छलफल तथा परामर्श गरेर समस्याकाे समाधान गर्ने सहमति जुटेकाले काम सुचारु गर्न सक्याैं । अहिले बिना अवराेध काम भइरहेकाे छ ।’ 

अहिलेसम्म आयोजनाको करिब ७७ प्रतिशत निर्माण सम्पन्न भइसकेकाे छ । आयोजनाको बाँध क्षेत्रका सिभिल संरचनाकाे  काम सकिएको छ । म्याग्दी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको ३ हजार ५ सय मिटर लामो मुख्य सुरुङ खन्ने काम पनि सम्पन्न भइसकेकाे छ ।

विद्युतगृहको ५३ प्रतिशत बढी निर्माण पूरा भएको छ । पेनस्टक पाइप जडानको काम आधा सकिएको छ । निर्माण अन्तिम चरणमा पुगेको आयोजनाबाट २०७९ असारदेखि विद्युत उत्पादन गर्ने तालिका छ ।

आयोजनाबाट गत असारदेखि नै विद्युत उत्पादन गर्ने तालिका थियो । कोरोना (कोभिड–१९) महामारीको असर, भौगोलिक विकटता, बाढी र पहिरोको जोखिमलगायत कारणले उत्पादन तालिका प्रभावित हुन पुगेको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न २ अर्ब ४२ करोड रुपैया लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा ७० प्रतिशत ऋण लगानी छ । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी रहेको छ ।

आयोजनाबाट उत्पादीत विद्युत ७ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit