विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकस्थित २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । कहिले भूकम्प, कहिले बाढी, त कहिले पहिरो जस्ता प्राकृतिक प्रकोपको मार झेलेर उठेको आयोजना निर्माण सम्पन्न भई आइतबार (आज) बाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

आन्तरिक परीक्षण सकिएको आयोजनाको विद्युत नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले दिउँसो विद्युतगृहबाट २२ किलोमिटर टाढाको लामोसाँघु सबस्टेसनमा जोडेकाे प्रवर्द्धक शिवश्री हाइड्रो पावर कम्पनीका अध्यक्ष उमेश कसजुले बताए । ‘हामीले त पहिले नै आन्तरिक परीक्षण पूरा गरेर प्राधिकरणको प्राविधिक टोली कुरिरहेका थियौं,’ उनले ऊर्जा खबरसँग भने, ‘सोमबार मात्रै जोडिन्छ कि भन्ने लागेको थियो । उहाँहरू आजै आउनुभयो र आयोजनाको विद्युत प्रणालीमा जोड्न सफल भयौं ।’ 

उनले ८ वर्षको लामो संघर्षपछि आयोजनाबाट विद्युत उत्पादन सुरु गर्न पाउँदा खुशी लागेको बताए । उनले अबको १५ दिनसम्म विद्युत प्राधिकरणलाई निशुल्क विद्युत दिएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिने बताए ।

आयोजनाको आन्तरिक परीक्षण पहिले नै पूरा भइसकेको भए पनि विद्युत प्राधिकरणको प्राविधिक टोली पर्खिँदा उत्पादन सुचारु गर्न समय लागेको थियो । डेढ वर्षअघि चाकु खोलामा आएको भीषण बाढीले विद्युतगृहमा जडान भएका इलेक्ट्रोमेकानिकल उपकरण बगाउँदा आयोजनाबाट  लक्ष्यअनुसार विद्युत उत्पादन हुन सकेको थिएन ।

बाढीले बगाएका उपकरणहरूको स्थानमा फेरि नयाँ आयात गरेर जडान गर्नु परेकाले विद्युत उत्पादन सुरु गर्न समय लागेको कम्पनीले जनाएको छ ।
खोलाको बाढीले बगाउँदा  आयोजनामा कार्यरत २ जना कामदारको ज्यानसमेत गएको थियो ।

२०६९ बाट निर्माण सुरु भएको आयोजना २०७१ को जुरे पहिरो, २०७२ को विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी र बर्खामा आउने बाढीका कारण पटक–पटक प्रभावित हुँदै बल्ल विद्युत उत्पादनको चरणमा पुगेको कम्पनीले जनाएको छ ।

आयोजनामा सिटिजन्स इन्टरनेशनल बैंकको अगुवाईमा ११ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । सुरुमा ४ अर्ब ३ करोड रुपैयाँमा आयोजना सम्पन्न हुने अनुमान गरिए पनि पटक–पटकको प्राकृतिक प्रकोपको मारमा परेका कारण लागत केही बढ्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit