विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भुजुङ हाइड्रो पावर लिमिटेडले साधारण सेयर निष्कासन गर्न नेपाल धिताेपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न भदौ १३ गते बोर्डमा आवेदन दिएको हो । 

जारी पूँजी ५ करोड रमक बराबरको सय रुपैयाँ अंकित ५ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बोर्डबाट स्वीकृत प्राप्त हुने लगतै सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न कुमारी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले अशिले लमजुङमा ७.५ मेगावाटको माथिल्लो मिदिम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । २०७७ साल देखि निर्माण सुरु गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको पनि कम्पनीले जनाकारी दिएको छ । 

आयोजना सम्पन्न भई सञ्चालनमा आएपछि विद्युत २५ मिलोमिटरको दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको भोर्लेटार सबस्टेसनमा जोडिनेछ । कम्पनीले आयोजना निर्माण गर्न २०७६ भदौ २६ गते विद्युत विकास विभागबाट उत्पदान अनुमतिपत्र लिइएको थियो । १ अर्ब ४४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा कुमारी बैंकको अगुवाई सांग्रिला डेभलपमेन्ट बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी २५ प्रतिशत स्वपूजी लगानी छ ।  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit