images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । असार सुरु भए यता आएको अविरल वर्षासँगै बाढीपहिरोले ताप्लेजुङका ७ वटा लघु जलविद्युत गृह बगाएको छ । गत असार १, २ र ३ गते वर्षासँगै आएको बाढीपहिरोले लघु जलविद्युत गृह बगाएसँगै ताप्लेजुङवासी अन्धकारमा बस्न बाध्य भएका छन् ।

मैवाखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका पाँच वटा लघु जलविद्युत आयोजना आइतबार (असार ३ गते) राति गएको बाढीले बगाउँदा पूरै गाउँपालिका अन्धकार भएको हो । बाढीले वडा नम्बर ३ र ४ मा रहेका लघु जलविद्युत आयोजनाको विद्युतगृह, पानी ट्यांकी लगायतका पुरै संरचना बगाएर लगेको छ ।

६० प्रतिशत घरपरिवारमा विद्युत जडान भएको थियो तर बाढीले पाँच वटा लघु जलविद्युत गृह नै बगाएपछि गाउँपालिकामा बसोबास गर्ने समुदाय अन्धकारमा बस्न बाध्य भएको गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले बताए ।

१८ किलोवाटको लोदम्बा हाइड्रो, ३६ किलोवाटको याम्फेवा हाइड्रो, ३२ किलोवाटको माङमाया–१ र ६४ किलोवाटको मङमाया–२ को माइक्रो हाइड्रो, १५ किलोवाटको ठाडेखोला लघु जलविद्युतमा पूर्णरूपमा क्षति पुगेको वनेमले बताए ।

अहिले गाउँमा मोबाइल तथा विद्युतीय सामग्री पूरै बन्द भएका छन् । दिउँसो घाम लाग्दा मात्र मोबाइलमा नेटवर्क आउने बेलुका भएपछि नेटवर्कसमेत नआउँदा सञ्चारसम्पर्कमा समेत समस्या भएको जनाइएको छ । कार्यालयमा विद्युत् नभएकाले सेवा प्रवाह गर्नसमेत कठिन बनेमले बताए ।

त्यस्तै, सिरिजङ्गा गाउँपालिका-८ याम्फुदीनको ८ किलोवाटको तुम्या खोला र १५ किलोवाट क्षमताको काबेली लघुविद्युत गृहमामा क्षति पुर्याएको गाउँपालिका–८ याम्फुदीनका वडाध्यक्ष कृष्ण गुरुङले बताए । विद्युत गृह बाढीले बगाएपछि मोबाइल चार्ज गर्नसमेत समस्या भएको स्थानीयवासीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit