विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नुवाकोटको बट्टारमा दुई वटा विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणले जिल्लाको विदुर नगरपालिका–४ बट्टार बसपार्क र हावाघरमा निर्माण गरेकाे चार्जिङ स्टेसनकाे काम सकिएकाे हाे ।

देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको खपत बढाउनका लागि प्रयाेग भइरहेकाे विद्युतीय सवारीको प्रवर्द्धन गर्न निर्माण भएकाे सवारी चार्जिङ स्टेसनकाे सकिएकाे  निर्माण गरिएको नगरपालिका प्रमुख राजन श्रेष्ठले बताए ‘नगरपालिकाले उपलब्ध गराएको जग्गा चार्जिङ स्टेसन निर्माण भएको छ,’ उनले भने, अहिले चार्जिङ स्टेसनमा जाइन जोड्ने काम भइरहेको छ, एक साताभित्र सञ्चालन गर्ने लक्ष्य छ ।’

बट्टार बसपार्कमा निर्माण गरिएको चार्जिङ स्टेसन जिबीटी हो भने हावाघरमा निर्माण गरिएको चार्जिङ स्टेसन सीएसएस हो । पछिल्लो सयम प्राधिकरणले निर्माण गरिरहेको चार्जिङ स्टेसन सञ्चालनको काम तिव्र गतिमा भइरहेको छ । एक साताअघि मात्र प्राधिकरणले धनगढी उपमहानगरपालिकामा निर्माण सम्पन्न चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको थियो । प्राधिकरणले ५१ चार्जिङ स्टेसन निर्माण गरिरहेको छ जसमा ३८ वटा सञ्चालनमा ल्याइसकेको छ । बाँकी १३ वटाको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३