विद्युत अपडेट

  • प्राधिकरण : ९४७१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४९० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १६०३३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५४८९६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३६१ मे.वा.
२०८१ साउन १२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नवीकरणीय ऊर्जाकाे विकासमा साझेदारी गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धक केन्द्र (एइपिसी ) र नवीकरणीय ऊर्जा परिसंघबीच समझदारी भएकाे छ । एइपिसी र परिसंघबीच मंगलबार समझदारी पत्रमा हस्ताक्षर भएकाे हाे ।

समझदारी पत्रमा एइपिसीका कार्यकारी निर्देशक डा.मधुसुधन अधिकारी र परिसंघका अध्यक्ष गुणराज ढकालले हस्ताक्षर गरे । समझदारी अनुसार एइपिसी परिसंघका साझा चासोका विविध विषयमा दुवै पक्षले एक अर्कालाई सहयोग एवं समन्वय र सहकार्य गर्नेछन् । 

परिसंघले नविकरणीय ऊर्जाको प्रवर्द्धन सम्बन्धित अध्ययन तथा अनुसन्धान, क्षमता अभिवृद्धि, अन्तरक्रिया, बहस पैरवी जस्ता  एइपिसीसँग सहकार्य तथा समन्वय गर्नेछ ।

एइपिसीले परिसंघसँगकाे सहकार्यमा नवीकरणीय ऊर्जाकाे  विकासको लागि सम्बन्धित सरोकारवालासँग हातेमालो गर्दै अघि बढ्ने अधिकारीले बताए । उनले  सबै जनतामा स्वच्छ ऊर्जा र विद्युतको पहुँच पुर्याउन साझेदारी र सहकार्यलाई प्राथमिकता दिइने बताए ।

 नवीकरणीय ऊर्जा क्षेत्रको अध्ययन अनुसन्धान, जनचेतना अभिवृद्धि, प्रविधि प्रवद्र्धन जस्ता क्षेत्रमा निजी क्षेत्रको भुमिका रहने भएकोले यस्ता क्रियाकलापमा सहकार्यबाट संस्थागत सुदृढीकरणमा सघाउ पुग्ने परिसंघका अध्यक्ष ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३