विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १८, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ७५ किलोमिटर लामो बाफीकोट–खुंग्री प्रसारण लाइन आयोजना निर्माण गर्ने भएको छ । प्राधिकरणले कर्णाली प्रदेश अन्तर्गत पर्ने रुकुम (पश्चिम) जिल्लामा उक्त प्रसारण लाइन निर्माण गर्न लागेको हो । 

जिल्लाको बाफिकोट गाउँपालिकाको भेंडाखेतमा प्रस्तावित उत्तरगंगा सबस्टेसनदेखि लुम्बिनी प्रदेश अन्तर्गत पर्ने रोल्पा जिल्लाको माडी गाउँपालिका निर्माण हुने घर्तिगाउँ सबस्टेसन हुँदै सोही जिल्लाको सुनिलस्मृति गाउँपालिकामा प्रस्तावित खुंग्री सबस्टेसनसम्म १३२ केभी लाइन निर्माण गर्न लागेको प्राधिकरणले जनाएको छ । याे लाइन ७५ किलोमिटर लामो डबल सर्किटमा निर्माण हुनेछ ।

प्राधिकरणले लाइनकाे काम अघि बढाउन अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृत पाउने लगतै प्रसारण लाइन काम अघि बढाइनेछ । विभागले लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सूचना प्रकाशित भएको ३५ दिनभित्रमा लिखित राय/सुझाव बुझाउन आग्रह गरेको छ । 

७५ किलोमिटर लामो प्रसारण लाइनबाट २०० मेगावाटसम्मको विद्युत प्रवाह गर्न सक्ने प्राधिकरणले जनाएको छ । यस लाइनमा जम्मा २४७ वटा टावर खडा गरिनेछन । टावरको उचाई ३० मिटर रहनेछ भने टावरहरूबीचको दुरी ३३० मिटरसम्म हुनेछ । आयोजना निर्माणको लागि १३७.७४१ हेक्टर जमिन आवश्यक पर्नेछ, जसमध्ये २४७ वटा टावरहरुका लागि स्थायी रुपमा करिब ५.६०६ हेक्टर जग्गा आवश्यक पर्नेछ ।

प्रसारण लाइनको काम २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । आयोजना निर्माण गर्दा भू–क्षय, बाढी, बायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३