विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत  यो साता हामीले ग्रीन हाइड्रोजन ग्यासका विषयमा जानकारी दिने प्रयास गरेका छौँ । 

(१) ग्रीन हाइड्रोजन भनेको के हो ?

उत्तर : ग्रीन हाइड्रोजन भन्नाले नवीकरणीय स्वच्छ ऊर्जाको प्रयोग गरेर उत्पादन गरिएको हाइड्रोजन ग्यासलाई बुझाउँछ । उदाहरणका लागि जल, सौर्य तथा वायु स्रोतबाट उत्पादन गरिएको विद्युत्को प्रयोग गरी कार्बन उत्सर्जनविना नै उत्पादन गरिने ग्यास ग्रिन हाइड्रोजन ग्यास हो । ‘इलेक्ट्रोलाइसिस’ नामक प्रक्रियाबाट पानीलाई हाइड्रोजन र अक्सिजनमा विभाजन गरेर यो ग्यासको उत्पादन गरिन्छ । 

(२) ग्रीन हाइड्रोजनका फाइदा :

- सफा र वातावरणमैत्री : यो ग्यासको उत्पादन र प्रयोग दुवैमा कार्बन निस्किँदैन, जसले गर्दा वायुप्रदूषण घटाउन र जलवायु परिवर्तन नियन्त्रण गर्न मद्दत गर्छ ।

- नवीकरणीय र दिगो : जलविद्युत्, सौर्य र वायु ऊर्जाजस्ता नवीकरणीय स्रोत प्रयोग हुन्छन्, जसका कारण जीवाश्म इन्धनमा निर्भरता कम गर्छ ।

- उच्च ऊर्जा घनत्व : हाइड्रोजनमा पेट्रोल वा ब्याट्रीभन्दा प्रतिकिलो उच्च ऊर्जा हुन्छ । त्यसैले, भारी काम वा उद्योगका लागि उपयुक्त हुन्छ ।

- भण्डारण र यातायात सजिलो : सौर्य/वायुबाट उत्पन्न अतिरिक्त ऊर्जा भण्डारण गर्न प्रयोग गर्न सकिन्छ । पाइप वा सिलिन्डरमार्फत सजिलै ढुवानी गर्न सकिन्छ ।

- बहुउपयोगी : उद्योग, यातायात, विद्युत् उत्पादन, भविष्यमै खाना पकाउन पनि प्रयोग हुन सक्छ ।

(३) ग्रीन हाइड्रोजनका बेफाइदा :

- उत्पादन महँगोः इलेक्ट्रोलाइसिस प्रविधि महँगो छ । हाल हरित हाइड्रोजन जीवाश्म इन्धनबाट बनेको हाइड्रोजनभन्दा महँगो पर्छ ।

- भण्डारण र सुरक्षा चुनौती : हाइड्रोजन अत्यधिक ज्वलनशील हुन्छ । उच्च–चाप ट्याङ्की वा अत्यन्त चिसो तापक्रम चाहिन्छ ।

- धेरै ऊर्जा आवश्यक : उत्पादन प्रक्रियामा धेरै विद्युत् चाहिन्छ । नवीकरणीय ऊर्जाको आपूर्ति कम भए लागत बढ्छ ।

- पूर्वाधारमा कमी : पाइपलाइन, रिफ्युलिङ स्टेसन, भण्डारण प्रणाली जस्ता नयाँ पूर्वाधार चाहिन्छ । जुन अहिले विश्वभरमा निकै सीमित छ ।

- प्रविधि अझै विकास चरणमै: धेरै प्रविधि प्रारम्भिक चरणमा छन् । ठूलो मात्रामा व्यावसायिक प्रयोग अझै कम छ ।

(४) ग्रीन हाइड्रोजन प्रयोगका क्षेत्र

- औद्योगिक क्षेत्र : कोइलाको प्रयोग नगरी स्टील उत्पादन गर्न, मल (अमोनिया) उत्पादन गर्न, रासायनिक उद्योगहरूमा रसायन बनाउन आदि ।

- यातायात क्षेत्र : ठूला तथा धेरै परिमाणमा सामान ओसार्ने ट्रक, ठूला बस, रेल, जहाज, विमान (भविष्यमा)

- ऊर्जा/विद्युत् क्षेत्र : हाइड्रोजन टर्बाइनबाट विद्युत् उत्पादन गर्न, सौर्य/वायु ऊर्जाको भण्डारण गर्न, ब्याकअप पावर प्लान्टहरूमा

- घरेलु तथा व्यावसायिक उपयोग (भविष्य) : खाना पकाउने ग्यासः हाइड्रोजन मिश्रण, घर–व्यवसाय तातो गर्ने प्रणाली

- कृषि क्षेत्र : हरित अमोनिया (मल) उत्पादन गर्न, हाइड्रोजन–चल्ने कृषि मेसिन (भविष्यमा) चलाउन आदि ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३