विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सेयर आवेदन खुल्ला भएको  छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ३५ लाख कित्ता सेयर आवेदन खुल्ला गरेको हो ।

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि सेयर निष्कासन तथा बाँडफाँड गरी बाँकी रहेको ३५ लाख ८१ हजार ७ सय ६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा  गएक नेपाली नागरिकका लागि सेयर निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो ।

सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । आवेदकले छिटोमा चैत १२ गतेसम्म र ढिलोमा २२ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको इलाममा ९.६ मेगावाटको सुपरमाई ‘ए’ जलविद्युत आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit