विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले नुवाकाेटकाे रातमाटेमा ४ सय केभी सबस्टेसन निर्माण गर्न आवश्यक जग्गा अधिग्रहण गर्नुपर्ने हुँदा ३५ दिनभित्र जग्गाधनीलाइ स्थान खाली गर्न भनिएकाे छ ।

जग्गाको नामसारी तथा लगत कट्टा भइसकेकाले सबस्टेसनको काम थाल्न तारबार गर्ने काम सुरु गर्न लागेको हुँदा मुआब्जा बुझेका सबै जग्गाधनीलाई ठाउँ खाली गर्न अनुरोध गरिएकाे हाे ।अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहयोगमा बन्न लागेको ३१५ किलोमिटर लामो ४०० केभी प्रसारण लाइन र सबस्टेसन बनाउन ४० अर्ब रुपैयाँ अनुदान सहयोग आउँदै छ ।

राजधानीको लप्सीफेदीबाट सुरु हुने एमसिसीको ४०० केभी प्रसारण लाइन नुवाकोटको रातमाटे हुँदै एउटा लाइन हेटौडा पुग्ने छ । अर्को लाइन रातमाटे तनहुँको दमौली हुँदै बुटवलस्थित नेपाल–भारत अन्तरदेशिय प्रसारण लाइन बुटबल–गोरखपुरमा जोडिने छ ।

उत्तर पूर्वी काठमाडौंको लप्सीफेदीदेखि नुवाकोटको रातमाटेसम्म (लफ्सीफेदी–रातमाटे) पहिलो खण्ड, रातमाटोदेखि मकवानपुरको हेटौंडासम्म र रातमाटेदेखि तनहुँको दमौलीसम्म (रातमाटे–हेटौंडा र रातमाटे–दमौली) दोस्रो खण्ड र दमौलीदेखि बुटवलसम्म (दमौली–बुटवल) र बुटवलदेखि भारतको उत्तर प्रदेशस्थित गोरखपुरसम्म (बुटवल–गोरखपुर) अन्तरदेशीय प्रसारण लाइन तेस्रो खण्डमा निर्माण हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३