विद्युत अपडेट

  • प्राधिकरण : ५७१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६३० मे.वा.घन्टा
  • निजी क्षेत्र : १८१६३ मे.वा.घन्टा
  • आयात : १००७३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९६४० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३५ मे.वा.
२०८२ फाल्गुण ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलविद्युत विकासमा झण्डै १६ वर्षभन्दा बढी अनुभव हासिल गरिसकेका इन्जिनियर गोपालप्रसाद निउरेले सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल (सिडेन) को अध्यक्षका लागि उमेद्वारी घोषणा गरेका छन् । संस्थालाई पारदर्शी, सुशासनयुक्त र स्वच्छ ढंगले विकास गर्ने लक्ष्यका साथ उमेद्वारी दिएका हुन् ।

यही जेठ १३ गते हुने सिडेनको निर्वाचनमा अध्यक्षको उमेद्वारी दिएका निउरेले ८० भन्दा बढी जलविद्युत आयोजनामा ‘टिम लिडर’को जिम्मेवारी सम्हालिसकेका छन् । युनिट्स इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका निउरेले सिडेनलाई व्यावसायिक र स्वतन्त्र ढंगबाट अगाडि बढाउने लक्ष्यका साथ आफूले उमेद्वारी दिएको बताएका छन् ।

‘संस्थाभित्र बढ्दै गएको गुट उपगुटको अन्त्य र लोकतान्त्रिक प्राविधिक संगठन निर्माण गर्दै देश निर्माणमा ठोस योगदान पुर्याउने मेरो मुख्य एजेण्डा छ,’ उनले भने, ‘सिडेनभित्रको गुटबन्दी र सिन्डिकेटविरुद्ध पनि मेरो उमेद्वारी हो ।’

उनको नेतृत्वमा अहिलेसम्म २६ वटा जलविद्युत आयोजनाको विस्तृत अध्ययन, २६ वटा हाइड्रोको सम्भाव्यता अध्ययन, ४३ वटा डिपिआर, १२ वटाको निर्माण सुपरिवेक्षण, १६ वटाको ठेक्का व्यवस्थापन र ठेक्का कागजात तयार भइसकेको छ ।

नेपाली काँग्रेस निकट मानिने सिडेनको अध्यक्षमा निउरे सहित इन्जिनियरहरू त्रय चेतनाथ पाण्डे, लक्ष्मण केसी र प्रमोद दवाडीले उमेद्वारी दिएका छन् । ३ उमेद्वारलाई पार्टीकै ट्याग लागेको छ भने निउरे स्वतन्त्र र व्यावसायिक ढंगले अगाडि बढेका व्यक्तिका रूपमा चिनिन्छन् ।

पाण्डे काँग्रेस सभापति शेरबहादुर देउवा, केसी शेखर कोइराला र दवाडी महामन्त्री गगन थापाका उमेद्वारको रूपमा अगाडि बढेको बताइएको छ । आफूले पेशागत हित र क्षमता अभिवृद्धिलाई उच्च प्राथमिकतामा राखेको निउरेले बताए । 

२०५३ सालमा पश्चिमाञ्चल क्याम्पसबाट सिभिल ओभरसियर गरेका निउरेले सोही क्याम्पसबाट २०५७ सालमा सिभिल इन्जिनियरिङ पूरा गरेका थिए । २०६५ सालमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट जलस्रोमात स्नाकोत्तर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३