विद्युत अपडेट

  • प्राधिकरण : ८४४२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १५६२३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७६१९ मे.वा.घन्टा
  • आयात : २६३ मे.वा.घन्टा
  • निर्यात : १८३९६ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ७२०९८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३११९ मे.वा.
२०८३ भदौ १५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाले २०७९ चैतभित्र विद्युत उत्पादन सुरु गर्ने भएको छ । रसुवागढी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाले आगामी ८ महिनाभित्र उत्पादन सुरु गर्ने भएको हो ।

आयोजनाको बाँकी सबै काम पूरा गरेर आगामी चैतभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । तिव्र गतिमा अघि बढेको आयोजनाको ८९ प्रतिशत काम पूरा भएको छ । अहिले हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम भइरहेको छ ।

इलेक्ट्रोमेकानिकलको ठेक्का पाएको भारतीय कम्पनी भोइथ हाइड्रोले विद्युतगृहमा इलेकट्रोमेकानिकल उपकरण जडान गरिरहेको छ । कोरोनाकालमा इलेक्ट्रोमेकानिकलतर्फको काम रोकिँदा आयोजनाको विद्युत उत्पादनको तालिका प्रभावित हुन पुगेको थियो ।

यस्तै, हाइड्रोमेकानिकलतर्फको उपकरण जडान कार्य पनि भइरहेको छ ।  आयोजनाबाट यसअघि नै विद्युत उत्पादन सुरु गर्ने तालिका भएपनि  २०७२ सालको विनासकारी भुकम्प,  नाकाबन्दी, वर्षायाममा आयोजना क्षेत्रमा आएको बाढी, पहुँचमार्गमा निरन्तर गएको पहिरो, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले गर्दा उत्पादन तालिका लम्बिदै गएको कम्पनीले  जनाएको छ ।

कम्पनीको पछिल्लो तालिका अनुसार आयोजनाबाट २०७८ असारभित्र सम्पन्न गर्ने लक्ष्य थियो तर, २०७७ सालको वर्षायाममा प्रक्षेपण गरिए भन्दा अघि आएको बाढीले बाँधस्थलको अस्थायी संरचनामा क्षति पुग्न गई निर्माण स्थगित गरिएको र अडिड सुरुङ जाने बेलीब्रिजमा क्षति पुर्याई आवत/जावतमा कठिनाई र पहुँचमार्ग पूर्ण रुपमा क्षति पुगेकोले सम्पन्न गर्न नसकिएको कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणमा उल्लेख छ ।

कम्पनीको नयाँ तालिका अनुसार आयोजनाबाट २०७९ चैतभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । यो अवधिभित्र निर्माण सम्पन्न गर्न ब्याज बाहेक १७ अर्ब १ करोड रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले जनाएको छ ।

यस्तै आयोजनाको विद्युत जोडिने प्रसारण लाइनको ठेक्का पाएको मुडभरी एण्ड जोशी प्रालिले विविध कारण पटकपटक म्याद थप गर्दा पनि तोकिएको समयमा कार्य सम्पन्न हुने कुनै ठोस आधार नदेखिएको हुँदा ठेक्काद अन्त्य गरी बाँकी कार्य सम्पन्न गर्न नयाँ ठेकेदार छनौट प्रक्रिया अघि बढाइएको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३