विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । थप करिब ८० मेगावाट विद्युत् निर्यात गर्नका लागि भारतले नेपाललाई सहमति प्रदान गरेको छ । दुई जलविद्युत् आयोजनाबाट उत्पादित उक्त परिमाणको विद्युत् निर्यात गर्न बिहीबार (भदौ ५ गते) स्वीकृति प्रदान गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार ५० मेगावाटको मेवाखोलाबाट ४८.५ मेगावाट र ३२ मेगावाटको करुवा सेतीबाट ३१.०४ मेगावाटको बिजुली भारत निर्यात गर्न स्वीकृत प्राप्त भएको छ ।

यसअघि भारतले विभिन्न आयोजनाबाट कुल ८५० मेगावाट र १० दिन पहिला (साउन २६ गते)  विद्युत् २०० मेगावाट थप गरी १०५० मेगावाट विद्युत् निर्यात गर्ने अनुमति दिएको थियो । थपिएको ८० मेगावाट गरी भारतमा निर्यात हुने कूल क्षमता ११३० मेगावाट पुगेको भार प्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोषले जानकारी दिए ।

यसबाहेक नेपालले वर्षामा ५ महिना बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । योसहित नेपालले दुई देशमा गरी कुल ११७० मेगावाट निर्यात गर्न पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३