विद्युत अपडेट

  • प्राधिकरण : ९८३६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६१७२ मे.वा.घन्टा
  • आयात : २६९५ मे.वा.घन्टा
  • निर्यात : ५४६४ मे.वा.घन्टा
  • ट्रिपिङ : ३० मे.वा.घन्टा
  • ऊर्जा माग : ४९०८९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३५२ मे.वा.
२०८३ ब‌ैशाख २०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी अपर मोदी लिमिटेडले निर्माण ग प्रवर्द्धित ४२ मेगावाट क्षमताको ‘अपर मोदी ए’ जलविद्युत् आयोजना स्थानीयको अवरोधका कारण संकटमा परेको छ । आयोजनास्थलका स्थानीय बासिन्दाले ठेकेदार कम्पनीलाई औपचारिक पत्र लेख्दै तत्काल काम बन्द गर्न चेतावनी दिएका हुन् ।

स्थानीयले लेखेको पत्रमा आयोजना निर्माणका क्रममा आफ्ना माग र सरोकार पूर्ण रूपमा बेवास्ता गरिएको आरोप लगाइएको छ । पत्रमा भनिएको छ - हाम्रो क्षेत्रसँग सम्बन्धित विषयमा न त समन्वय भएको छ, न त हाम्रो आवाज सुन्ने प्रयास गरिएको छ ।

आयोजनाबाट प्रभावित क्षेत्रमा देखिएका समस्या—जस्तै पहुँच मार्ग, मुआब्जा, रोजगारी, र वातावरणीय प्रभावबारे बारम्बार ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायले कुनै ठोस पहल नगरेको गुनासो गरेका छन् । यही कारण उनीहरू आन्दोलनको विकल्पमा पुगेको जनाएका छन् ।

स्थानीय समुदायले १९ गते नै पत्र लेखी २० गतेदेखि काम रोक्न दबाब दिएका छन् । पत्रमा “भोलीदेखि नै काम बन्द गर्नुपर्ने” अल्टिमेटम दिँदै, माग सम्बोधन नभए थप कडा कदम चाल्ने संकेत गरेका छन् । मागको सुनुवाइ नभएमा निर्माण कार्य अघि बढ्न नदिइने पनि भनिएको छ ।

यस्ता विवादहरू केवल स्थानीय अवरोधमात्र नभई आयोजना व्यवस्थापन र सरोकारवालाबीचको समन्वय अभावको परिणाम पनि रहेको अन्य सरोकारवालाले बताएका छन् । समयमै संवाद र सहमति नगर्दा आयोजनाहरू बारम्बार अवरुद्ध हुने गरेका उदाहरण दोहोरिँदै आएका छन् ।

हालसम्म यस विषयमा सम्बन्धित सरकारी निकाय वा आयोजना प्रवर्द्धक कम्पनीबाट औपचारिक प्रतिक्रिया दिइएको छैन । स्थानीयले उठाएका मुद्दा गम्भीर देखिएकाले तत्काल वार्ता र समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ।

ऊर्जा उत्पादनको लक्ष्यसहित अघि बढाइएका राष्ट्रिय महत्त्वका आयोजना नै स्थानीय असन्तुष्टिका कारण रोकिने अवस्था सिर्जना हुनु चिन्ताजनक हो । ‘अपर मोदी ए’ आयोजनाको विवादले पुनः एकपटक स्पष्ट पारेको छ, विकासका नाममा स्थानीय आवाज बेवास्ता गरिए, परियोजना सफल हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३