images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सेती हाइड्रो पावर प्रालिले कास्कीको मुसेतोडामा निर्माण गरिरहेको २२ मेगावाटको सेती खोला जलविद्युत आयोजनामा डोल्मा इम्प्याक्ट फण्ड–२ ले ४३ करोड रुपैयाँ भन्दा बढी स्वपुँजी लगानी गर्ने निर्णय भएको छ । गत शुक्रबार (बैशाख ८ गते) आयोजित एक कार्यक्रमका बीच डोल्माले आयोजनामा स्वपुँजी लगानी गर्ने निर्णय गरेको हो ।

कूल ५ अर्ब ५ करोड लागतमध्ये ऋण ७५ प्रतिशत र स्वपुँजी २५ प्रतिशत लगानी हुनेछ । डोल्माले स्वपुँजी मध्ये ४९ प्रतिशत हिस्सा लगानी गर्ने निर्णय भएको कम्पनीले जानकारी दिएको छ । कूल स्वपुँजीमा ४९ प्रतिशत डोल्मा फण्ड, ३० प्रतिशत सर्वसाधारण र बाँकी संस्थापकहरूको लगानी हुनेछ ।

नेपालकाे निजी ऊर्जा क्षेत्रमा गरिएको याे सबैभन्दा ठूलो स्वपुँजी लगानी रहेकाे डोल्मा फण्डका प्रबन्ध निर्देशक विद्यावारिधि सिग्देलले बताए । ‘यो संस्था नेपालमा स्वपुँजी लगानीमा केन्द्रित छ, हामीले ऊर्जाका अन्य आयोजनामा समेत लगानी गर्ने विषयमा विकासकर्ताहरूसँग छलफल गरिरहेका छौं,’ उनले भने, ‘मिश्रित ऊर्जा विकास गर्ने देशको दीर्घकालीन लक्ष्यमा हाम्रो सहयोगले केही न केही भूमिका खेल्ने विश्वास छ ।’

यसैगरी, कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले सेती खोला आकर्षक आयोजना भएको हुँदा बैंकले पनि स्वपुँजी लगानी गर्न डोल्मा फण्डलाई सिफारिस गरेको बताए । ‘आयोजनाका विषयमा हाम्रो अध्ययनले जे विषय देखाएको थियो, डोल्माको अध्ययनमा पनि त्यही कुराहरू मिल्न गएको देखियो,’ उनले भने, ‘यस्तै आकर्षक अन्य आयोजना भए निजी क्षेत्रमा वैदेशिक लगानी ल्याउन सकिन्छ ।’

ब्रिटिश राजदूत निकोला क्याथ्रिन पोलिटको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष अनुप आचार्यले सेती खोला एउटा व्यावसायिक कम्पनी भएको हुँदा यसले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न सहयोग पुग्ने गरी जलविद्युत विकासमा जोड दिएको बताए । ‘हामीसँग सक्षम र व्यावसायिक समूह रहेको हुँदा समयमै निर्माण पूरा गर्न हामी प्रतिबद्ध छौं,’ उनले भने, ‘हामीले आयोजना निर्माण गरिरहँदा सामाजिक विकास र पर्यावरणीय संरक्षणको पक्षलाई पनि उतिकै महत्व दिएका छौं ।’

क्यू४२ डिजाइन गरिएको आयोजनाको काम अहिलेसम्म करिब ४३ प्रतिशत पूरा भएको आयोजना प्रमुख उज्जल रेग्मीले बताए । ‘लगानीकर्ता बैंकहरूको निकै सहयोग प्राप्त भइरहेको छ, अहिलेको आर्थिक मन्दीको समयमा पनि रकम अभावको महसुस भएको छैन,’ उनले ऊर्जा खबरसँग भने, ‘यही मेसोमा डोल्मा फण्ड जोडिन आउनुले थप हौसला प्राप्त भएको छ ।’

पोखरा महानगर–३३, मुसेतोडामा निर्माणाधीन आयोजनाको हेडवक्र्स तथा हेडरेस टनेल (सुरुङ) ३१०० मिटर खन्नुपर्नेमा १४५० मिटर पूरा भएको आयोजना प्रमुख उज्जल रेग्मीले बताए । ‘हेडवक्र्स अन्तर्गत फल्ड वाल तथा सोल्प प्रोटेक्सनको काम सम्पन्न भई बालुवा थिग्राउने पोखरिको निर्माण कार्य ८५ प्रतिशत सम्पन्न भएको छ,’ उनले भने, ‘तोकिएको समयभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ विद्युतगृहको काम पनि भइरहेको छ ।’ अहिलेकै गतिमा काम गर्दा तोकिएको लागत र समयभित्र आयोजना पूरा हुने उनको भनाइ छ ।

आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाईमा नबिल बैंक र नेपाल पूर्वाधार विकास बैंकको लगानी रहेको छ । आयोजनाबाट वार्षिक १३ करोड ३० लाख युनिट विद्युत ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ । उत्पादित विद्युत प्रवाह गर्नका लागि १.५ किलोमिटर प्रसारण लाइनमार्फत लेखनाथ–दमौली १३२ केभीमा ‘लुप इन लुप आउट’ प्रविधिवाट जडान गरिनेछ । आयोजना सन् २०२४, जुलाईमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit