विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ६ वर्षमा ३२०० मेगावाट बढीका जलविद्युत आयोजनासँग प्रसारण (ग्रिड कनेक्सन) सम्झौता गरेको छ । प्राधिकरणले २०७३ माघ २ गतेदेखि २०७९ माघ १२ गतेसम्मको समयावधिमा सो क्षमताका आयोजनासँग सम्झौता गरेको हो ।

३१९२ मेगावाट क्षमताका १३६ जलविद्युत आयोजनासँग प्रसारण सम्झौता गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार देशका विभिन्न जिल्लामा पहिचान भएको आयोजनाको विद्युत जोडिने सम्झौता भएको छ ।

ग्रिड कनेक्सनका आधारमा पिपिए (विद्युत खरिद सम्झौता) गर्न  उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनको पहलमा विगत ४ वर्षदेखि रोकिएको पिपिए खोल्ने निर्णय भएकाे छ । प्राधिकरणको बिहीबार (माघ २६ गते) बसेको सञ्चालक समितिको बैंठकले नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका आयोजनाको पिपिए खोल्ने निर्णय गरेको छ ।

कनेक्सन सम्झौता गरिएको मितिको रोलक्रमका आधारमा पिपिए दरलगायतका सम्पूर्ण प्रावधान यथावत रहने गरी थप १५ सय मेगावाटका आरओआर आयोजनाहरूसँग पिपिए गरिने प्राधिकरणले जनाएको । प्राधिकरणका अनुसार सुरुमा कनेक्सन एग्रिमेन्ट गरेका आयोजनाले पहिलो प्राथमिकता पाउने छन् ।

प्राधिकरणमा अहिले ग्रिड कनेक्सन सम्झौता भएकासहित निजी ऊर्जा उत्पादकले २४० ओटा परियोजनाहरूले ११७१६ मेगावाट बराबरको पिपिएका लागि आवेदन दिएका छन् । अहिले देशको कूल जडित क्षमता करिब २४३० मेगावाट रहेको छ । जसमा निजी क्षेत्रको योगदान १७०० मेगावाटभन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit