विद्युत अपडेट

  • प्राधिकरण : ६३५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९८८१ मे.वा.घन्टा
  • आयात : १३६०६ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३५२११ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १६१६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युत उत्पादन बढाउन ठूला जलाशय र अर्धजलाशय जलविद्युत आयोजना निर्माण गरिने बताएकी छन् । उनले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएकी हुन् ।

अध्ययन भइसकेका जलाशय तथा अर्धजलाशय आयोजनामा जनताको समेत लगानी जुटाएर निर्माण गर्ने सम्बन्धमा मन्त्रालयले गृहकार्य गरिरहेको बताइन् । ‘बर्खामा ऊर्जा उत्पादनमा आन्मनिर्भर भइसके पनि हिउँदमा आयातित विद्युतमै भर पर्नुपर्ने बाध्यता छ,’ उनले भनिन्,‘हिउँदको माग व्यवस्थापन गर्नकै लागि जलाशय र अर्धजलाशय आयोजना बनाउनु पर्छ ।’

उनले निर्माण गर्ने भनिएका ठूला जलाशय र अर्धजलाशय जलविद्युत आयोजना निर्माणको मोडालिटीका सम्बन्धमा चाँडै नै जानकारी गराउने पनि बताइन् । जलविद्युतमा ठूलो लगानी गर्ने निजी क्षेत्रलाई संरक्षण गर्ने दायित्व पनि सरकारको नै भएको उनले बताइन् ।

उनले अहिले आन्तरिक उत्पादन बढ्दै गएकाले खपत बढाउनका लागि विद्युत महसुल घटाएर समायोजन गर्नुपर्नेमा जोड दिइन् । ‘विद्युत खपत बढाउनका लागि उत्पादन पनि बढाउनु पर्छ । महसुल कम हुँदा समेत खपत बढ्छ। उद्योग, व्यापार, व्यावसायलाई पनि फाइदा हुने गरी महसुल घटाउनु पर्छ’ उनले भनिन् ।

गरिबीको रेखामुनी रहेका जनतालाई निशुल्क विद्युत सेवा दिने योजना मन्त्रालयको रहेको उनले बताइन् । गरिब जनतालाई निशुल्क विद्युत सेवा दिने सम्बन्धमा मन्त्रालयले गृहकार्य गरिरहेको उनको भनाइ छ ।

डलरमा खरिद गरी आयात गरिएको खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गर्ने गरी तथा विद्युतीय सवारीको संख्या बढाएर विद्युत खपत बढाउन सकिनेमा उनले जोड दिइन् । ट्रंक लाइन र डेडिकेटेड फिडरका सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा मन्त्री भुसालले बाँकी बक्यौता उठाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिइसकेको बताइन् ।

‘जनताले महसुल नतिरे ६० दिनमा विद्युत लाइन काटिन्छ । उद्योगले पनि लिएको सुविधाको महसुल तिर्नुपर्छ’ उनले भनिन् । मन्त्री नियुक्त भएपछि पहिलो पटक आयोजना गरिएको भेटघाट कार्यक्रममा पत्रकारहरूले ऊर्जा क्षेत्रमा रहेका समस्या र यसको समाधानका लागि काम गर्न भुसाललाई सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit