विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले नेपालमा हालसम्म गरेको लगानी ३ अर्ब २१ करोड अमेरिकी डलर (करिब ४ खर्ब २२ अर्ब रुपैयाँ) पुगेको छ । गत साता एडिबीले गरेको लगानी, खर्च र प्रगतिका विषयमा गरेको समीक्षात्मक कार्यक्रम यस्तो तथ्यांक प्रस्तुत गरिएको हो ।

नेपालमा भएको लगानी मध्ये सबैभन्दा बढी ऊर्जा विकासका क्षेत्रमा खर्चिएको छ, जसमा ९६ करोड ४० लाख अमेरिकी डलर अर्थात् १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको देखिएको छ । यो उसले गरेको कूल लगानीको ३० प्रतिशत हो । एडिबीले सुरुदेखि जलविद्युत, सौर्य विद्युत, प्रसारण लाइन लगायत क्षेत्रमा लगानी गर्दै आएको छ ।

कार्यक्रममा नेपालस्थित आवासीय नियोगमा लगानी व्यवस्थापन इकाइ हेर्न प्रमुख अर्नाउड हेकम्यानले पछिल्लो प्रगति विवरण प्रस्तुत गरेका थिए । जसअनुसार, यातायात व्यवस्थापनमा ८० करोड ६० लाख अमेरिकी डलर (२५ प्रतिशत), शहरी विकास तथा खानेपानीमा ४७ करोड ५० लाख अमेरिकी डलर (१४.८० प्रतिशत), कृषि, प्राकृतिक स्रोतमा ३७ करोड ९० अमेरिकी डलर (१२ प्रतिशत) लगानी पुगेको उल्लेख छ ।

यसैगरी, शिक्षामा ३५ करोड ९० लाख अमेरिकी डलर (११ प्रतिशत), स्वास्थ्यमा १६ करोड ५० लाख अमेरिकी डलर (५ प्रतिशत) वित्तमा ५ करोड डलर (२ प्रतिशत) र सार्वजनिक क्षेत्र व्यवस्थापनमा १ करोड २० लाख डलर लगानी गरेको छ । लगानीमध्ये १८ परियोजनामा २ अर्ब ४७ करोड ३० लाख अमेरिकी डलर बराबरको काम कार्यान्वयन भएको प्रतिवेदनमा उल्लेख छ ।

समग्र वैदेशिक लगानीमा एडिबीको ठूलो हिस्सा रहेको अर्थ मन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरेले बताए । ‘अहिले परियोजना विकास कार्यान्वयनमा वित्तीय क्षेत्रमा बढी चुनौती देखिएको छ’, उनले भने, ‘यस्तो अवस्थामा वैदेशिक लगानीको महत्व अझै बढेर गएको छ ।’

एडिबीले नेपालमा गरेको लगानीको तुलनामा खर्चको अवस्थामा खासै सुधार नभएको एडिबीका लागि दक्षिण एसियाली क्षेत्रका महानिर्देशक केनिची योकोयामाले बताए । सन् २०२२ मा नेपालले प्रक्षेपित उपलब्धि हासिल गर्न नसके पनि सन् २०२३ मा तोकिएका लक्ष्य पूरा गर्ने अपेक्षा रहेको भनाइ थियो ।

४० करोड ९० लाख डलरको ठेक्का आह्वान

एडिबीले सन् २०२२ अन्त्यसम्म ४० करोड ९० लाख अमेरिकी डलर बराबरको ठेक्का सम्झौता गर्ने लक्ष्य राखेकोमा २६ करोड ३० लाख डलरमात्रै सम्झौता हुन सक्यो । यो लक्ष्यको ६४ प्रतिशत मात्रै हो । ठेक्का भएका मध्ये सबैभन्दा बढी ऊर्जा क्षेत्रमा १४ करोड ५२ लाख अमेरिकी डलर सम्झौता गर्ने लक्ष्य रहेकोमा ११ करोड २७ लाख डलरमात्र सम्झौता हुन सकेको एडिबीले जानकारी दियो ।

परियोजना विकासमा ५८ करोड ७० लाख डलर खर्च

एडिबीले गत वर्ष पूर्वाधार विकासमा ५८ करोड ७० लाख डलर खर्च गर्ने लक्ष्य राखेकोमा २५ करोड ४० लाख डलर मात्र खर्च भएको जनाएको छ । वर्षको पहिलो त्रैमासिक अवधिमा ९ करोड ९० लाख खर्च गर्ने लक्ष्य राखिएकोमा ४ करोड ६० लाख, दोस्रो त्रैमासिकसम्म २९ करोड ४० लाख डलर खर्च हुनुपर्नेमा ११ करोड, तेस्रो त्रैमासिक अवधिसम्म ४२ करोड २० लाख डलर खर्च हुनुपर्नेमा १६ करोड ९० लाख डलर मात्र खर्च भएको छ ।

एडिबीले गत वर्ष सबैभन्दा बढी ऊर्जा क्षेत्रमा प्रगति भएको जनाएको छ । गत वर्ष ऊर्जा क्षेत्रमा १७ करोड ५४ लाख डलर खर्च गर्ने लक्ष्य रहेकोमा ७ करोड ५४ लाख डलर खर्च हुन सक्यो ।

२०२३ मा ४५ करोड ७० लाख डलरको ठेक्का गर्ने लक्ष्य

एडिबीले सन् २०२३ मा ४५ करोड ७० डलरको ठेक्का सम्झौता गर्ने प्रक्षेपण गरेको छ । त्यसमध्ये पहिलो त्रैमासिक अवधिमा ९ करोड ६० लाख, दोस्रो त्रैमासिकमा १४ करोड ५० लाख, तेस्रोमा १५ करोड १० र चौथोमा ६ करोड ४० लाख डलरको ठेक्का लगाउने योजना छ । त्यस्तै, सन् २०२३ मा ४५ करोड २० लाख डलर विकास परियोजनामा खर्च गर्ने लक्ष्य राखेको छ । पहिलो त्रैमासमा १७ करोड, दोस्रो त्रैमासमा ११ करोड ८० लाख, तेस्रो त्रैमासमा ७ करोड ४० लाख र चौथो त्रैमासमा ९ करोड डलर खर्च गर्ने एडिबीको प्रक्षेपण छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit