विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज २१, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रको विद्युत महसुल संकलन काउन्टर १ साताका लागि बन्द भएको छ । केन्द्रले धरान उपमहानगरपालिकाको निर्देशनपछि आज (आइतबार) बिहानदेखि महसुल संकलन काउन्टर बन्द गरेको हो ।

विश्वभरी महामारीरूपमा फैलिएको नयाँ भेरियन्टकाे काेभिड–१९ को संक्रमण तीव्र गतिमा फैलिएकाले जोखिम न्यूनिकरणका लागि आगामी जेठ १५ गतेसम्म काउन्टर बन्द गरिएको केन्द्रले जनाएको छ । यो अवधिमा धरान उपमहानगरपालिकाको सम्पूर्ण बैंक तथा वित्तीय संस्था पनि बन्द रहनेछ ।

वितरण केन्द्रले घरायसी ग्राहकको घर–घरमा गएर मिटर रिडिङ गर्ने कार्य समेत बन्द गरेको छ । मिटर रिडिङ विगत वर्षको खपत अङकको आधारमा गरिएको छ । सो अंक यकिनका लागि ग्राहक नम्बर तथा मिटरको हालको अंक सहित कार्यालय समयमा सम्पर्क गर्न पनि केन्द्रले अनुरोध गरेको छ । यो अवधिमा अनलाईन भुक्तानी सेवा भने सुचारू नै रहनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३