विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक १९, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभामा निर्माणाधीन अरुण–३ जलविद्युत आयोजनाको ९०० मेगावाट विद्युत प्रवाह हुने प्रसारण लाइनमा ५९७ टावर निर्माण गरिनेछ । आयोजनाले लाइनका लागि संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, महोत्तरी र धनुषा जिल्लामा यी टावर निर्माण गर्न लागेको हो ।

सोमबार (जेठ ८ गते) जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा अरुण तेस्रो आयोजनाको ४०० केभी प्रसारण लाइन संखुवासभाको दिदिङ हुँदै धनुषाको ढल्केबर पुर्याइने छ । लाइन आयोजनाको विद्युतगृहस्थल चिचिला गाउँपालिकाको दिदिङ हुँदै धनुषाको ढल्केबर सबस्टेसनमा पुर्याइनेछ ।

प्रसारण लाइनका लागि सखुुंवासभा ५९, भोजपुर १००, खोटाङ ७९, उदयपुर १४७, सिरहा २३, महोत्तरी ८७ र धनुषामा १०२ वटा टावर निर्माण गरिने आयोजनाले जनाएको छ । टावर निर्माणका लागि जग्गा अधिग्रहण गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्रक्रिया अघि बढाइएको छ ।

प्रसारण लाइन चिचिला गाउँपालिका दिदिङ पुखुवाबाट सुरु भई डाँडागाउँ, आहाले, छ्याङकुटीहुँदै खाँदबारी नगरपालिकाको सेकाहा, मानेभञ्याङ, माथिल्लो चेवा, खोरण्डे, पिप्ले रयले बेँसीहुँदै भोजपुर पुग्ने सतलज कम्पनीको कार्यालय तुम्लिङटारले जनाएको छ ।

भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् परियोजनाका लागि अहिले सडक, ड्याम साइड, पावर हाउस, सुरुङमार्ग निर्माण धमाधम सञ्चालन भइरहेका छन ।

आयोजनाको बाँध क्षेत्र संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्स निर्माण भइरहेको छ भने विद्युतगृह चिचिला गाउँपालिका दिदिङको पुखुवामा निर्माण भइरहेको छ । आयोजनाको काम ५ वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।

आयोजना निर्माणका लागि करिब १ खर्ब २० अर्ब  रूपैयाँ खर्च अनुमान गरिएको छ । आयोजना निर्माण पूरा भई उत्पादन सुरु गरेपछि प्रभावित परिवारलाई ३० युनिटका दरले निःशुल्क विद्युत उपलब्ध गराइनेछ ।

यस आयोजनाबाट नेपालले २५ वर्षमा ३४० अर्ब रोयल्टी, निशुल्क बिजुली, आय कर, भ्याट र भन्सार शुल्कबाट लाभ लिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३