विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालमा उत्पादित विद्युत खपत विस्तार गर्ने चर्चा व्यापक चलिरहँदा ११ महिना अवधिमा करिब १६ सय विद्यूतीय सवारी भित्रिएका छन् । चालु आर्थिक वर्ष २०७८.७९ को ११ महिनामा उक्त संख्याको विद्युतीय सवारी नेपाल भित्रिएका हुन् ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७८ साउनदेखि हालसम्म १७०४ विद्युतीय सवारी नेपाल भित्रिएका हुन् । यो गत वर्षको तुलनामा बढी हो । गत आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा जम्मा २१३ विद्युतीय सवारी आयात भएका थिए ।

आयात भएका सवारीमध्ये सबैभन्दा बढी चीनबाट भित्रिएको तथ्यांकमा छ । यस्तै, क्रमशः भारत, दक्षिण कोरिया, फ्रान्स, युकेबाट विद्युतीय सवारी भित्रिएका छन् । चीनबाट १०० किलोवाटका १५४ वटा र १५० देखि २०० किलोवाट क्षमताका ६५६ वटा सवारी भित्रिएका छन् ।

१०० किलोवाट क्षमताका भारतबाट ६०८, दक्षिण कोरियाबाट १३२ र फ्रान्सबाट १ वटा सवारी भित्रिएका छन् । यस्तै, १०० देखि १५० किलोवाट क्षमताका युकेबाट १३ वटा सवारी आयात गरिएको छ ।

१०० देखि २०० किलोवाट क्षमताका दक्षिण कोरियाबाट ५२, जापानबाट ७८ र युकेबाट ४ वटा सवारी भित्रिएका छन् । युकेबाट २०० देखि ३०० किलोवाट क्षमाका ४ र ३०० क्षमताभन्दा माथि २ वटा सवारी भित्रिएका छन् ।

पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयातमा वृद्धि हुन थालेको छ । गत वर्षसम्म न्यून मात्रामा आयात हुने गरेको विद्युतीय गाडीको आयात चालु आर्थिक वर्षमा उल्लेख्य मात्रामा वृद्धि हुन थालेको हो ।

नेपालमा हालसम्म करिब ४० लाख हाराहारीमा सवारी सञ्चालनमा छन् । यसको तुलनामा विद्युतीय सवारीको संख्या न्युन छ । सरकारले पछिल्लो समय देशमै विद्युत उत्पादन बढ्दै गएकाले खपत बढाउनका लागि तथा प्रदुषण कम गर्ने उद्देश्यले विद्युतीय सवारीको प्रवर्द्धन गर्दै आएको छ ।

नेपाल विद्युत प्राधिकरणले पनि आन्तरिक विद्युत खपत बढाउन विद्युतीय सवारी सञ्चालन सहज बनाउन देशभरमा अहिले ५० वटा चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । साथै, गत २०७८ चैतमा एकैपटक २० वटा गाडी ल्याएर सञ्चालन गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit