विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले १ सय मेगावाट विद्युत खपत हुने हरित हाइड्रोजन प्लान्ट स्थापनाका लागि अध्ययन अघि बढाउने भएको छ । अर्थमन्त्ती जनार्दन शर्माले नेपालमा हरित हाइड्रोजनको सम्भाव्यताका सम्बन्धमा काठमाडौं विश्व विद्यालय (केयू) को ग्रीन हाइड्रोजन ल्यावका पदाधिकारीसँग भएको छलफलका क्रममा उक्त कुरा बताएका हुन् ।

सुरुवातमा १ सय मेगावाट विद्युत खपत गर्ने हरित हाइड्रोजन प्लान्ट स्थापनाका लागि गृहकार्य अघि बढाइने शर्माले बताए । ‘विकसित देशहरू धमाधम हाइड्रोजन इन्धन उत्पादनमा केन्द्रित हुन थालिसकेका छन्’ उनले भने, ‘तत्काल एक सय मेगाावाटको हाइड्रोजन प्लान्ट लगाउने बिषयमा आवश्यक अध्ययन र प्राविधिक सहयोग जुटाउने कार्यमा संलग्न हुनुपर्छ, तपाईहरू (केयूका पदाधिकारी) पनि तयारी गर्नुस् ।’ हाइड्रोजन प्लान्ट लगाउने बिषयमा अर्थ मन्त्रालयको तर्फबाट पनि तयारी थाल्ने उनले बताए ।

अर्थमन्त्री शर्माले लगानीबोर्ड मार्फत लगानीकर्ताको खोजी गर्ने बताए । रासायनिक मल कारखाना खोल्न विभिन्न देशका अन्तराष्ट्रिय कम्पनीहरूले इच्छा देखाइरहेको जानकारी गराउँदै मन्त्री शर्माले हाइड्रोजन इन्धनबाट मल कारखाना सञ्चालन गर्ने बिषयमा छलफल अघि बढाउने बताए ।

छलफलमा ग्रीन हाइड्रोइजन ल्याबका प्रमुख बिराजसिंह थापाले १ सय मेगावाटको ग्रीन हाइड्रोजन प्लान्ट डेढ बर्षमा तयार गर्नेगरी अन्तराष्ट्रिय कम्पनीहरूले प्रस्ताव गरिरहेको बताए । उनका अनुसार विभिन्न देशमा ग्रीन हाइड्रोजनको अभ्यास तथा पेट्रोलियमलाई विस्थापित गरी ग्रीन हाइड्रोजन उपयोग थालेका छन् ।

‘१ किलो हाइड्रोजन इन्धन उत्पादन गर्न ९ किलो शुद्ध पानी चाहिन्छ, विश्वको तुलनामा नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्न धेरै सस्तो छ’, उनले भने,  ‘हिमालयन देशको शुद्ध पानी हाइड्रोजन उत्पादनका लागि उपयुक्त हुने अध्ययनले देखाएको छ ।’

नेपालको हिमाली तथा पहाडी क्षेत्रको पानी प्रयोग गरेर हाइड्रोजन उत्पादन गर्दा धेरै फाइदा हुने बताउँदै थापाले निर्यातमा कोशेढुङ्गा साबित हुने बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit