विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । गएको भदौ २३ र २४ गते जेन–जेड आन्दोलन भयो । ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालतजस्ता दर्जनौँ सरकारी तथा सार्वजनिक सम्पत्ति जलेर खरानी भए । सयौँ सार्वजनिक पदमा रहेका व्यक्तिका समेत घर जलाइए । यसक्रममा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको ललितपुरस्थित घर पनि २४ गते जलेर खण्डहर बनेको छ । 

यो पनि पढ्नुहोस्ः प्राधिकरण कार्यकारी निर्देशकको दुखेसो : मैले ‘रगत-पसिना’ बगाएर बनाएको घर थियो, कुन रिसले जलाइयो ?

आफूले कुनै राजनीतिक आस्थातिर लागेर वा अनुचित काम गरेर स्रोत नजोडेको र आफ्नै रगत–पसिना जलेकोमा यसमा दुःख प्रकट गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारीमा कुलमान घिसिङ आएपछि उनले शाक्यलाई प्राधिकरणको जिम्मेवारीबाट हटाएर जल तथा ऊर्जा आयोगको सचिवालयको विशिष्ट श्रेणीमा सरुवा गरिएको छ ।

यो पनि पढ्नुहाेस्: दुई इन्जिनियरबीचको हार्दिकता : प्राधिकरणका कार्यकारी निर्देशकद्वारा नवनियुक्त ऊर्जा मन्त्रीलाई सफलताको कामना 

शाक्यले प्राधिकरणमा खाइपाइ आएको तलब–भत्ता तथा सुविधा आयोग सचिवालयमा पनि यथावत रहने जनाइएको छ । मन्त्रालयका अनुसार शाक्यले प्राधिकरणमा व्यावसायिक भत्ताबापत दुई लाख २१ हजार १९० रुपैयाँसहित मासिक दुई लाख ९४ हजार ९२० रुपैयाँ प्राप्त गर्दै आएका थिए । शाक्यले ‘अहिलेसम्म मन्त्रालयत्रबाट सचिवालयमा हजिर गर्नू’ भन्ने कुनै पत्र तथा मौखिक जानकारी नआएको बताए । उनलाई असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणबाट मन्त्रालय सरुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३