विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७७/७८ मा नबिल बैंकलाई बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंक भन्दै सम्मानित गरेको छ । विभागले राष्ट्रिय कर दिवसको अवसर पारेर बैंकलाई सम्मान प्रदान गरेको हो । 

उक्त आर्थिक वर्षमा  २ अर्ब ७९ करोड रुपैया कर सरकारलाई तिरेकाे बैंकले जनाएको छ । बैंकका अनुसार पछिल्लो १० वर्षमा वित्तीय संस्थामा उच्च कर भुक्तानी गरेर सम्मानित भएको यो साताैं पटक हो ।

हरेक तवरले अग्रणी स्थानमा रहेको र वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गरी राज्यको वृद्धि विकासमा टेवा पुर्याएको कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बताए । उनका अनुसार निजी क्षेत्रको अग्रणी बैंकले २०७७/७८ सम्म राज्यलाई १८ अर्ब ३८ करोड रुपैयाँ कर बुझाएको छ । यो भनेको बैंकको तत्कालीन कुल पुँजीको १ दशमलव ३२ गुणा रकम हो ।

बैंकले आफ्ना लगानीकर्तालाई हालसम्म नगद लाभांश १४ अर्ब ४५ करोड रुपैया तथा १८ अर्ब ८ करोड बराबरको बोनश शेयर वितरण गरिएको छ । बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्नेे परिचय बनाएको बैंकले आफ्ना राज्य र लगानीकर्तालाई आर्थिक योगदान पुर्याउँदै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै अगाडि बढिरहेको पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit