विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय सवारीका लागि वित्तिय विस्तारसम्बन्धि ग्लोबल आइएमई बैंक लिमिटेडसँग सम्झौता गरेको छ । सरकारले विद्युत खपत बढाउन विद्युतीय सवारीकाे प्रयाेग बढाउने भनिरहँदा बैंक र सवारी वितरकले वित्तिय विस्तार गर्न सम्झौता गरेका हुन् ।

सम्झौतापत्रमा बैंकका साना तथा मझौला ऋण विभागका प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रसाद सापकोटाले हस्ताक्षर गरे । सम्झौताअनुसार ग्राहकले आफ्ना हुन्डाईका सवारीहरू खरिद गर्न बैंकमार्फत १२.९९% ब्याजदरमा वित्तिय व्यवस्थापन गर्न सक्नेछन् । यो योजनाअन्तर्गत खरिद गरिएका सवारीसाधन ३ दिनभित्रमा उपलब्ध गराइनेछ ।

बैंक अफ काठमाण्डु लिमिटेडसँगको मर्जर पूरा गरेपछि बैंकको चुक्तापुँजीको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक हुनेछ । यसरी दुई पक्षबीच भएको सम्झौताले हुन्डाईका विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।

ग्राहकले ग्लोबल आइएमईको कुनैपनि शाखा वा हुन्डाईका देशभर रहेका १७ वटा शोरुममा गएर सम्बन्धित विभागमा सम्पर्क गरी प्रक्रिया अगाडि बढाउन सक्नेछन् ।
हुन्डाई मोटर कम्पनीले दिगो विकासको लागि गरेको प्रतिबद्धतासँग हुन्डाई नेपालले ऐक्यबद्धता जनाउँदै आफ्नो ‘बी (भी) द चेन्ज’ अन्तर्गत विभिन्न सामाजिक–आर्थिक योजना अगाडि बढाएको छ ।

ग्लोबल आईएमई बैंकसँग भएको यो समझदारीले पनि देशैभरीका विद्युतीय सवारीप्रेमीलाई सवारीसाधन खरिद गर्न प्रोत्साहन गर्दै दिगो भविष्यको लक्ष्यमा अगाडि बढ्न सघाउने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit