विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । लमजुङमा निर्माण सम्पन्न आयोजनाको विद्युत सोमबारबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको प्रवद्र्धक छ्याङ्दी हाइड्रो पावर कम्पनीले जनाएको छ । आयोजनाले उत्पादन गरेको विद्युत उदिपुर सबस्टेसनमा जोडिएको छ ।

कम्पनीका अनुसार आयोजनाले २ सातासम्म परीक्षण उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई निशुल्क विद्युत दिनेछ । परीक्षणको चरण पूरा भएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिने भएको छ ।

आयोजनाबाट २०७७ चैतदेखि नै उत्पादन सुरु गर्ने भनिए पनि कोरोना (कोभिड–१९) महमारीका कारण निर्माण प्रभावित हुँदा ७ महिना ढिलो गरी विद्युत प्रसारण प्रणालीमा जोडिएको हो । विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७८ भदौदेखि विद्युत उत्पादन गर्नुपर्नेमा लक्ष्यभन्दा ५ महिना अघि उत्पादन सुरु गर्ने दाबी कम्पनीले गरेको थियो ।

कोरोना महामारी र बर्खाका कारण प्राधिकरणले दिएको तालिकाभन्दा २ महिना ढिलो गरी आयोजनाले उत्पादन सुरु गरेको छ । यो आयोजना सम्पन्न हुँदा ७६ करोड रुपैयाँ खर्च भएको अनुमान छ । आयोजनामा ५६ करोड रुपैयाँ ऋण र २० करोड रुपैयाँ स्वपुँजी लगानी छ । आयोजनामा बैंक अफ काठमाडौंको अगुवाईमा कुमारी बैंकले पनि ऋण लगानी गरेको छ ।

कम्पनीले स्वपुँजी लगानीका ८ लाख ९० हजार कित्ता (३० प्रतिशत) हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले यसअघि निर्माण गरेको २ मेगावाटको छ्याङ्दी खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छ ।  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit