विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ग्रीन लाइफ हाइड्रो पावर कम्पनीले माघ २३ गतेदेखि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले दोलखामा निर्माणाधीन ४० मेगावाटको खानी खोला–१ जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।

सर्वसाधारणका लागि ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन हुने सेयरमध्ये १६ लाख ८६ हजार ४ सय कित्ता आयाेजना प्रभावित क्षेत्रका स्थानीयले नकिनेर बाँकी रहेकाे हाे । स्थानीयका लागि १८ लाख कित्ता सेयर निष्कासन गरिएको थियो । 

कम्पनीले स्थानीयका लागि सेयर निष्कासन गरेर बाँडफाँड गरेकाे २ वर्षपछि साधारण सेयर निष्कासन गर्न लागेकाे हाे । साधारण सेयरमध्ये १ लाख ७४ हजार ८ सय २० कित्ता सेयर सामूहिक लगानी कोष र ६९ हजार ९ सय २८ कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले छिटोमा माघ २७ र ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न बिओके क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

कम्पनीले दोलखामा निर्माण गरिरहेकाे ४० मेगावाटको खानी खोेला–१ अन्तिम चरणमा पुगेको छ । याे आयोजना चालू आर्थिक वर्षभित्र प्रसारण प्रणालीमा जाेडिँदैछ । आयाेजनाले उत्पादन गर्ने विद्युत सिंगटी सबस्टेसनमा जाेडिनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit