विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीस्थित २२० केभी दाना सबस्टेसन आइतबार (आज) चार्ज भएकाे छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी कोरिडोर प्रसारण लाइनअन्तर्गत दानामा निर्माण सम्पन्न सबस्टेसन नाे लाेडमा चार्ज गरेकाे हाे ।

सबस्टेसन अपरान्ह ४ बजे ‘नो लोड’ मा चार्ज गरिएकाे आयोजना प्रमुख चन्दनकुमार घोषले बताए । उनले कुनै प्रकारको प्राविधिक समस्या नआएकाले  सबस्टेसन चार्ज  गरेर जडान भएका पावर ट्रान्सफर्मरको परीक्षण सुरु गरेकाे बताए ।

‘प्रसारण लाइनको दाना–कुस्मा खण्डको खुर्कोट सबस्टेसन चार्ज भइसकेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘आज दाना सबस्टेसन चार्ज भएकाे छ ।’  प्रसारण लाइनको ४० किलोमिटर लामो दाना–कुस्मा खण्ड पनि शनिबार नो लोडमा चार्ज गरिएकाे थियाे ।

यसअघि खुर्कोट सबस्टेसन र दाना–कुस्मा प्रसारण लाइन चार्ज गरेर सफल  परीक्षण गरिएकाेमा दाना सबस्टेसनको परीक्षण पनि सफल हुने देखिएकाे घोषले बताए । उनले अब एक साताभित्र लाेड दिएर प्रसारण लाइन र सबस्टेसन चार्ज गर्ने तयारी भइरहेकाे जानकारी दिए ।

२०७३ साल भदौबाट निर्माण सुरु भएको प्रसारण लाइनको यो खण्डमा १ सय १० वटा टावर निर्माण गरिएको छ । दाना र कुस्माको खुर्कोटमा २२०/१३२ केभी सबस्टेसन निर्माण भएका छन् ।

एशियाली विकास बैंक (एडिबी) को ऋण तथा सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा यो प्रसारण लाइन आयोजना निर्माण गरिएको हो । 
पहिलो खण्ड सञ्चालन भएपछि म्याग्दी जिल्लाका विभिन्न नदी खोलामा निर्माण भएका र हुने जलविद्युत आयोजनाको विद्युत कुस्मा (खुकोट) सम्म ल्याई १३२ केभी प्रसारण लाइनमार्फत पोखरा पुर्याइने छ । 

यो खण्ड सञ्चालन भएपछि यसअघि नै निर्माण सम्पन्न भई पूर्ण क्षमतामा चल्न नपाएका १३.६ मेगावाटको थापाखोला र ५ मेगावाटको घलेम्दी आयोजना जोडिने छन् । प्रसारण लाइन अभावमा थापा खोलाको ६.८ मेगावाट विद्युत मात्रै प्रणालीमा जोडिएको छ । बाँकी विद्युत खेर गइरहेको छ ।  

अहिले थापाखोला ३३ केभी वैकल्पिक लाइनमा जोडिएको छ । निर्माण अन्तिम चरणमा पुगेको ४२ मेगावाटको मिस्ट्री खोलाको विद्युत पनि यही प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदै छ । 

प्रसारण लाइनको कुस्मा–न्यू बुटवल खण्ड पनि निर्माणाधीन छ । ८७ किलोमिटर लामो प्रसारण लाइनको २ सय ३० वटा टावर मध्ये १ सय वटाको मात्रै काम बाँकी रहेको घोषले जानकारी दिए ।

यो खण्डमा केही स्थानमा जग्गाको मुआब्जा विवादले निर्माण प्रभावित हुन पुगेको छ । समस्या नभएका स्थानमा नियमित काम भइरहे पनि मुआब्वा विवाद भएका स्थानमा काम अघि बढ्न नसकेको आयोजनाले जनाएको छ ।

वन क्षेत्रको रुख कटान गर्ने स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा कागजात पेश गरिएको छ । प्रसारण लाइनको तेस्रो खण्ड (न्यू बुटवल–वर्दघाट) पनि निर्माणाधीन छ । यो खण्ड २० किलो मिटर लामो छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit