विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तनहुँ हाइड्रो पावर लिमिटेडले निर्माण गर्ने १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाको ‘विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)’मा राय–सुझाव दिनका लागि अन्तर्राष्ट्रिय विज्ञ समूह नियुक्त गरिएको छ ।

परामर्शदाताले मस्यौदा डिपिआर प्रस्तुत गरेको हुँदा त्यसको अध्ययन गरी राय सुझाव दिन ३ सदस्यीय विज्ञ समूह नियुक्त गरिएको हो । विज्ञहरूमा जर्मन जलविद्युत् विज्ञ अल्भारडो सिजर एडोल्फोको संयोजकत्वमा अष्ट्रियन जलविज्ञ डा. सिबाचर फिलिक्स र बेलायतका भौगर्भविद् रबिन पिटर्सन छन् ।

विज्ञ समूहलाई यही जुनभित्र राय सुझाव पेश गर्ने समय तोकिएको छ । तर, विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी (कोभिड–१९) का कारण समय सीमाभित्र काम सकिने सम्भावना कम रहेको भण्डारीले बताए । यसो हुँदा समय थप हुन सक्ने उनको भनाइ छ ।

एसियाली विकास बैंक (एडिबी) को अनुदानमा तल्लो सेती (तनहुँ) को डिपिआर तयार गर्न सन् २०१९ मा भारतको वापकोस र जापानको निप्पोन कोईलाई परामर्शदाताको रूपमा नियुक्त गरिएको थियो । मस्यौदा प्रतिवेदन अध्ययन गरी राय सुझाव दिनका लागि तीन सदस्यीय अन्तर्राष्ट्रिय विज्ञ समूह (प्यानल एक्सपर्ट) नियुक्त गरिएको कम्पनीका प्रबन्धक श्यामजी भण्डारीले बताए ।

‘राय सुझाव प्राप्त भएपश्चात परामर्शदाताले डिपिआरलाई अन्तिम स्वरूप दिनेछ,’ उनले ऊर्जा खबरसँग भने, ‘दुई वर्षभित्र लगानी व्यवस्थापन गरी निर्माण सुरु गर्ने योजना अनुसार हामी काम गरिरहेका छौं । आयोजनामा एडिबी वा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

निर्माण योजना अनुसार काम सुरु भएको ५ वर्षमा आयोजना पूरा गर्ने लक्ष्य छ । १४० मेगावाटको माथिल्लो सेती अर्थात् तनहुँ हाइड्रोकै निकास सुरुङ (टेलरेस) बाट निस्केको पानी उपयोग गरी तल्लो सेती निर्माण गर्ने योजना छ ।

नेपाल विद्युत् प्राधिकरणले कम्पनी बनाएर आयोजना निर्माण गरे पनि लागत महँगो हुने हुँदा स्थानीय तथा प्रभावितलाई सेयर दिन सक्ने अवस्था नरहेको बताउँदै आएको छ । तुलनात्मकरूपमा तल्लो सेती सस्तो रहेकाले यसबाटै स्थानीयलाई समेत लगानीमा साझेदार बनाउने गरी आयोजना अगाडि बढाइएको छ ।

डिपिआर मस्यौदामा तनहुँको बन्दिपुर–६ र देवघाट–३ बीच सेती नदीमा ३१ मिटर अग्लो बाँध निर्माणको प्रस्ताव गरिएको छ । यसैगरी, जलाशयको पूर्ण आपूर्ति सतह समुद्री सतहदेखि २७५ मिटरमा रहने र जलाशयको लम्बाई करिब ११ किलोमिटर हुने अध्ययनले देखाएको छ । जलाशयको इन्टेकदेखि पावरहाउससम्म ८.२५ मिटर ब्यास र ६.७ किलोमटिर लामो हेडरेस सुरुङ निर्माण हुनेछ ।

देवघाट–४ गाईघाटमा ९२ मिटर लम्बाई ३२ मिटर चौडाई र ४७ मिटर उचाईको अर्धभूमिगत पावर हाउस निर्माण गर्नुपर्ने प्रस्ताव छ । आयोजनाले तनहुँ जलविद्युत आयोजनाकोे टेलरेसबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह एवं मादी नदीको थप प्रवाहसमेत प्रयोग गरी बिजुली उत्पादन गर्नेछ । आयोजनावाट वार्षिक करिब ५२ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।

परामर्शदाताले सन् २०२० को अन्तसम्म डिजाइन कार्य सक्ने योजना रहेकोमा कोरोनाका कारण सरकारले यसअघि गरेको राष्ट्रव्यापी बन्दाबन्दी र हाल भइरहेको निषेधाज्ञाले गर्दा फिल्ड सर्भेक्षणमा विज्ञहरू खटिन सकेका छैनन् । विदेशी विज्ञहरू निर्धारित तालिका अनुसार परिचालन हुन नसकेकोले सम्झौता अनुसारको डिपिआर पेस गर्ने समय केही पछाडि सरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit