विद्युत अपडेट

  • प्राधिकरण : ९८८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२७६० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५९०८ मे.वा.घन्टा
  • आयात : २५ मे.वा.घन्टा
  • निर्यात : १३९११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४९०८० मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : २२८६ मे.वा.
२०८० असोज १६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर अफ ट्र्याक अन्तरक्रिया ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल

काठमाडौं । नेपालमा पहिलो पटक केवलकार सञ्चालनमा ल्याएको मनकामना दर्शन प्रालि २५औं वर्षमा प्रवेश गरेको छ । २०५५ मंसिर ८ गतेबाट सञ्चालनमा आएको प्रालिले २४औं वर्ष पूरा गरी २५औं वर्षमा प्रवेश गरेको हो ।

यस केबलकारले स्थापनाकालदेखि हालसम्म नियमित सञ्चालन गरी करिब १ करोड ७० लाख यात्रु तथा भक्तजनहरूलाई स्तरीय केबुलकार सेवा प्रदान गरि सकेको छ । केबलकारको नियमित सञ्चालन पश्चात् मनकामना क्षेत्र तथा आसपासका क्षेत्रहरू एक प्रमुख पर्यटकीय स्थलका रुपमा स्थापित भई व्यपार व्यावसायमा पनि उल्लेख्य वृद्धि समुन्नत विकास भई विश्व सामु समेत प्रचार प्रसार भएको जनाएको छ ।

विगत लामो समयदेखि केवलकार अवस्थित चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको शहिद लखन गाउँपालिकामा प्रत्येक वर्ष कुल आम्दानीको १/१ प्रतिशत रकम व्यावसायिक सामाजिक उत्तरदायित्व अनुसार शिक्षा, स्वस्थ्य, धार्मिक, मठ, मन्दिरको जिर्णोदार लगायत विकास निर्माणको कार्य आदिमा खर्च गर्दै आएकाे छ । साथै, भुकम्प तथा कोभिड जस्ता प्राकृतिक तथा अन्य बिपतका समयमा राहत वितरण तथा सहयोग गर्दै आएको छ ।

 वार्षिक उत्सवको अवसरमा पुर्ण रुपले डिजिटल प्रणालीमा रुपान्तरण गरी देशकै पहिलो डिजिटल केबलकार प्रणाली भएको प्रालिले जनाएकाे छ । वार्षिक उत्सवको उपलक्ष्यमा यसै समुहको भातृ कम्पनी रिसोर्ट बाई मनाकाना केबलकार प्रालिले मनकामनामा ४० कोठायुक्त सुविधा सम्पन्न होटल तथा रिसार्टको निर्माण गर्ने जनाइएको छ । यसको लागि करिब ४८ करोड रूपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit