विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बागलुङको कुस्मिसेरामा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको बाराही हाइड्रो पावर पब्लिक लिमिटेडको १ लाख ४६ हजार कित्ता साधारण सेयर ६७८ जनालाई बाँडफाँड गरिएको छ । कम्पनीको आज (मंसिर ८ गते) बसेको सञ्चालक समितिको बैठकले सेयर बाँडफाँड गर्ने निर्णय अनुमोदन गरेको हो ।

कम्पनीले २ लाख ५० हजार कित्ता सेयर बिक्रीका लागि आवेदन माग गरेकोमा १ लाख ४ हजार कित्ताका लागि भने प्रस्ताव प्राप्त भएन । आवेदन प्राप्त नभएको बाँकी सेयर सर्वसाधारणका लागि छुट्ट्याइएको परिमाणमा थप गरी निष्कासन गर्ने कम्पनीका प्रबन्ध निर्देशक सूर्यप्रसाद अधिकारीले जानकारी दिए ।

कम्पनीले बाग्लुङ जिल्लाको जैमनी नगरपालिका वडा नम्बर १,४ र ५ साविक कुम्मीसेरा, सर्कुवा र विनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरूका स्थानीय बासिन्दाहरूका लागि सेयर निष्कासन गरेको थियो ।

६८२ आवेदकले न्यूनत्तम १० कित्तादेखि अधित्तम १० हजार कित्तासम्म सेयर खरिदका लागि प्रस्ताव पेश गरेकोमा ४ वटा आवेदनको रित नपुगेको हुँदा बाँडफाँडमा सामेल नगराइएको निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ । आवेदन संकलनका लागि एनएमबी बैंक र ग्लोबल आइएएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालय तोकिएको थियो ।

कम्पनीले स्थानीयको सेयर निष्कासन गरिसकेको हुँदा दोस्रो चरणमा सर्वसाधारणका लागि छुट्ट्याएको ४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउने जनाएको छ । २०७५ असार २४ गतेदेखि विद्युत उत्पादन भइरहेको आयोजनाको विद्युत् ७.५ किलोमिटर दूरीमा रहेको ३३ केभी कुस्मा सबस्टेसनमा जोडिएको छ । प्राधिकरणले उत्पादित विद्युतको हिउँदमा प्रतियुनिट ७.४२ रुपैयाँ र बर्खामा ४.२४ रुपैयाँ तिरिरहेको छ भने वार्षिक ऊर्जा औसत ८.२१७ गिगावाट घन्टा उत्पादन भइरहेको छ ।

कति वेदन दिनेले कति कित्ता पाए

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit