विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निजी क्षेत्रले लगानी गरेका ३३ सय मेगावाट बढीका विद्युत आयोजना निर्माणाधीन छन् । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भई लगानी जुटाएका ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित १ सय ३४ आयोजना निर्माण भइरहेका हुन् ।

निर्माणाधीन मध्ये ७ सय ७८ मेगावाटका आयोजना चालू आर्थिक वर्षभित्र सम्पन्न भई विद्युत उत्पादन सुरु गर्न लागेको प्राधिकरणको विद्युत व्यापार विभाग प्रमुख प्रबल अधिकारीले बताए । उनका अनुसार चालू आर्थिक वर्षभित्र थपिने २० आयोजना छन् ।

यो वर्ष जोडिने आयोजना मध्ये २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ र ४२ मेगावाटको मिस्ट्री खोला अहिले परीक्षणको चरणमा छन् । २५ मेगावाटको सिंगटी परीक्षण पूरा गरेर विद्युत जोडिने सिंगटी–लामोसाँघु प्रसारण लाइन सम्पन्न हुने मिति कुरिरहेको छ ।

बाँकी १७ आयोजना २०७७ असार मसान्तभित्र जोडिँदै छन् । निर्माणाधीन आयोजनामा चिलिमे जलविद्युत कम्पनीले सहायक कम्पनीमार्फत अघि बढाएका आयोजनाको क्षमता २ सय ७५ मेगावाट छ । चिलिमेले सहायक कम्पनीमार्फत १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकासी,४२.५ मेगावाटको सान्जेन, र १४.८ मेगावाट माथिल्लो सान्जेन निर्माण गरिरहेको छ ।

८६ मेगावाटको सोलु दूधकोसी, ८२ मेगावाटको तल्लो सोलु, ७३ मेगावाटको मध्य तमोर, ५२.४ मेगावाटको लिखु–४, २४.१० मेगावाटको खारेखोला, ४.८ मेगावाटको खोरुङ्गाखोला, ८२ मेगावाटको तल्लो सोलु, ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’, ४० मेगावाटको खानीखोला–१, ११ मेगावाटको खारेखोलालगायत जलविद्युत आयोजना पनि निर्माणाधीन छन् । 

यस्तै, २२.१ मेगावाटको बलेफी ‘ए’, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, ५१ मेगावाटको लिखु–१, ३३.४ मेगावाटको लिखु–२, २४ मेगावाटको लिखु खोला ‘ए’, २८.१ मेगावाटको तल्लो लिखु, ४८.८ मेगावाटको खिम्ति–२लगायत आयोजना निर्माणाधीन छन् । 

निर्माणाधीन अधिकांश आयोजना अबको ३ वर्षभित्र सम्पन्न हुने प्राधिकरणले जनाएको छ । थप १९ सय ३१ मेगावाटका आयोजना प्राधिकरणसँग पिपिए गरेर निर्माणमा जाने तयारीमा छन् ।

अहिले निजी क्षेत्रको लगानीमा निर्माण भएका १ सय ५ आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् । यी आयोजनाको जडित क्षमता ७ सय ५१ मेगावाट छ । यो सरकारी स्वामित्वको विद्युत प्राधिकरणकोभन्दा बढी हो । प्राधिकरणको जडित क्षमता ६ सय ३६ मेगावाट छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit