विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
वितरण लाइन निर्माणमा स्थानीयवासीकाे उदण्डता

काठमाडौँ । गोरखाको गोरखा नगरपालिकादेखि उत्तरी भीमसेन थापा गाउँपालिका घ्याम्पेसालसम्म निर्माण गर्नुपर्ने ३३ केभी वितरण लाइनको करिब साढे २ किलोमिटर खण्डमा स्थानीयले अवरोध गरेपछि काम अगाडि बढ्न सकेको छैन । घर अगाडिबाट तार तानेर लैजान लागेको भन्दै स्थानीयले विरोध गर्दा करिब ५/६ वर्षदेखि आयोजना पूरा हुन नसकेको हो ।

‘वितरण प्रणाली सुदृढीकरण आयोजना’ अन्तर्गत निर्माण गर्नुपर्ने १२ वटा सबस्टेसनमध्ये घ्याम्पेसालमा अन्तिम सबस्टेसन बनिसकेको तर लाइन नहुँदा चार्ज हुन सकेको छैन । गोरखा सबस्टेसनदेखि घ्याम्पेसालसम्म २२ किलोमिटर दूरीमध्ये जम्मा साढे २ किलोमिटरमा मात्र काम गर्न बाँकी रहेको आयोजना प्रमुख बोधराज ढकालले बताए ।

‘कृषि सडक अन्तर्गत अधिग्रहण क्षेत्रभित्रै पर्ने गरी पोल तथा तार तान्ने काम भइरहेको हो, विवाद भएको ठाउँमा कोही स्थानीयको घरजग्गालाई असर गर्दैन,’ उनले सोमबार ऊर्जा खबरसँग भने, घ्याम्पेसालमा सबस्टेसन बनिसक्यो, थोरै क्षेत्रमा काम रोकिएर समस्या भयो ।’

प्रभावित स्थानीयबासी सहित वडाध्यक्ष, नगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षाकर्मी लगायतको उपस्थितिमा बैठक बसेर समस्या समाधान गर्ने टुंगो लागेको ढकालले जानकारी दिए । सर्वपक्षीय बैठक बसेलगत्तै स्थानीयले गाडेका १५ वटा पोल उखेलेर फलिदिएपछि प्रशासनको सहयोग लिएर काम गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

‘मैले आज जिल्ला प्रशासनलाई पत्र लेख्दै छु, प्रहरीको सहयोग नलिई काम गर्न नसक्ने अवस्था आयो,’ उनले थपे, ‘बाहिर कोही देखिँदैन, कुरा गर्न आउँदैनन् तर गाडेको पोलै उखेलेर फालिदिएका छन् । कसैलाई असर नपर्ने गरी कानुनसम्मत काम गर्दा पनि स्थानीयको चित्त बुझाउन गाह्रो भयो ।’

यस वितरण लाइन अन्तर्गत ५०० पोल गाड्नुपर्नेमा अहिलेसम्म ४५० वटाको काम पूरा भइसकेको छ । ५० वटा पोलकै कारण आयोजना पूरा हुन नसकेको र यसबाट लक्षित लाभग्राही सुविधाबाट बञ्चित रहेको नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख चिज गुरुङले बताए । ‘कृषि सडकबाट लाइन तान्दा स्थानीयको जग्गा पर्दैन र कुनै दुर्घटना पनि हुँदैन,’ उनले भने, ‘समस्या आउन सक्ने ठाउँमा पनि प्राधिकरणले कालो तार तानेको छ ।’

काम गर्दै जाने र समस्या आउने ठाउँमा प्रशासन लगाएरै भए पनि निर्माणलाई निरन्तरता दिनुको विकल्प नरहेको उनको भनाइ छ । ‘भूमिगत तार विछ्याउने कि भन्ने विषयमा पनि छलफल भएको तर त्यसो गर्दा भविष्यमा हुन सक्ने सडक स्तरोन्नतिमा झन् समस्या देखिन्छ,’ उनले प्रस्ट्याए, ‘अन्य ठाउँबाट तार लैजाँदा झन् स्थानीयको जग्गा पर्ने हुँदा साविककै लोकेसन अनुसार काम गर्नुपर्छ ।’

जनप्रतिनिधिको रोहवरमा दशौं पटकसम्म स्थानीयबासीसँग छलफल हुँदा पनि विवाद टुंगो लाग्न नसकेको निर्माण व्यवसायी जयदुर्गे इन्फ्रा इन्जिनियरिङ प्रालि जेभीका पद्मसागर लुइँटेलले बताए । ‘यो लाइन पूरा नहुँदा भीमसेन थापा गाउँपालिका घ्याम्पेसालमा निर्मित सबस्टेसन चार्ज हुन सकेको छैन,’ उनले भने, ‘अब स्थानीय प्रशासनको कडा निगरानीमा काम गर्नुको विकल्प देखिएन ।’

गोरखा नगरपालिका वडा नम्बर ६, ८ र ९ मा देखिएको यो समस्याले गोरखाको उत्तरी क्षेत्रमा गुणस्तरीय विद्युत् आपूर्ति हुन सकेको छैन । यो लाइन निर्माणपछि बारपाकसम्मको विद्युत् आपूर्तिमा सुधार हुनुका साथै निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको १० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने छ ।

एसियाली विकास बैंक (एडिबी) को ‘सासेक पावर सिस्टम एक्सपान्सन’ आयोजनाको आर्थिक सहयोगमा प्राधिकरणले आयोजना व्यवस्थापन निर्देशनालयमार्फत ‘वितरण प्रणाली सुदृढिकरण आयोजना’ परिचालन गरिरहेको छ । यस अन्तर्गत अहिलेसम्म ११ वटा सबस्टेसनको निर्माण पूरा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit