विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
हिमालयन हाइड्रो एक्स्पो २०२४

काठमाडौं । काठमाडौँ विश्वविद्यालय (केयू) को स्पिनअफ कम्पनी कन्सियस इनर्जीले नेपालमा ग्रीन हाइड्रोजन व्यावसायिक परियोजना अगाडि बढाउन ऊर्जा डेभलपर्ससँग रणनीतिक साझेदारीको घोषणा गरेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ को दोस्रो दिन दुई कम्पनीबीच यससम्बन्धी सम्झौता भएको हो । कन्सियस इनर्जी एक अनुसन्धान–उन्मुख परामर्श सेवा प्रदायकको रूपमा २०८० मा स्थापित कम्पनी हो, जसले हरित ऊर्जा क्षेत्रमा लगानी, सञ्चालन गर्न र आफ्नो उपस्थिति बढाउन खोज्ने ग्राहकहरूलाई सेवा प्रदान गर्दछ ।

यस कम्पनीले विश्वविद्यालयद्वारा प्रशासित एनर्जाइज नेपाल कार्यक्रममार्फत प्रारम्भिक बीज कोष प्राप्त गरेको थियो । हाल यो संस्था हरित ऊर्जा क्षेत्रमा अग्रगामी प्रयासहरूमा सक्रियरूपमा संलग्न छ । यसको मिसनलाई अगाडि बढाउँदै सन् २०२३ मा भएको ऊर्जा सम्मेलनमा औपचारिक समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।

केयूको ग्रीन हाइड्रोजन ल्याबलाई प्रतिनिधित्व गर्दै कन्सियस इनर्जीले आफ्नो अनुसन्धान तथा विकास सम्बन्धी विशेषज्ञता योगदान गर्नेछ भने ऊर्जा डेभलपर्सले परिचालन सम्बन्धी अनुभव र लगानी योगदान पु¥याउने छ । ऊर्जा डेभलपर्स सेयरधनीका रूपमा कन्सियस इनर्जीमा लगानी गर्ने र यसलाई व्यावसायिक परियोजनामा ठूलो लगानी आकर्षित गर्ने सार्वजनिक कम्पनीको रूपमा विस्तार गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit