विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नबिल बैंक लिमिटेडले विदेशबाट फर्किएका नेपाली युवा तथा विदेशमा रहेका नेपाली युवाहरूको परिवारलाई लक्षित गरेर नयाँ कर्जा योजना अघि बढाइएको छ । देशले युवाजनशक्तिको अपेक्षित लाभ उठाउन नसकेको, वैदेशिक रोजगारीमा जाने क्रमनिरन्तर बढेको, विदेशबाट फर्केका युवाहरूले पर्याप्त पुँजीको अभावमा आफ्नो सिपको उपयोग गरी उद्यमशीलता विकास गर्न नसकेको जस्ता समस्या देखिपछि बैंकले ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सुरु गरेको हो ।

बिहीबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरतसिंह भण्डारी द्वारा ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सार्वजनिक गरिएको छ । कार्यक्रममा श्रम मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल लगायतका विभिन्न क्षेत्रबाट विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

‘नबिल दक्ष प्रवासी उद्यमशी लकर्जा’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बैंकको यस्तो योजनाले विदेसिएको दक्ष र बौद्धिक जनशक्तिलाई नेपाल फर्काउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘सरकारले विदेसिएका नेपालीलाई स्वदेश फर्किएर व्यवसाय सुरु गर्न प्रत्साहान गरिरहेको अवस्थामा बैंकले ल्याएको यो योजनाले थप टेवा पु¥याउने मेरो विश्वास छ’ मन्त्री भण्डारीले भने । 

उनले वैदेशिक रोजगारीमा रहेका र फर्किएका युवालाई स्वदेशमानै उद्यमशीलता विकास गर्ने सरकारको अभियानलाई सहयोग पुग्ने गरी बैंकले कार्यक्रम अघि बढाएको भन्दै आभार प्रकट गरे । सहज र सरल ढंगबाट वित्तीय सेवाप्रवाह गरी यो कर्जालाई देशव्यापीबनाउन सके देशको विकासमा टेवापुग्नेमा विश्वस्त रहेको मन्त्री भण्डारीले बताए । 

श्रम मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले विदेसिएका नेपालीहरूको मात्र समाचार बन्ने र फर्केका नेपालीहरूको डाटामा कुरा नहुने बताउँदै बैंकले फर्केका नेपालीहरूको सिपको सम्मानमा उद्यम गर्ने वातावरण बनाउन ल्याएको यो कार्यक्रम साच्चै नै अहिलेको आवश्यकता रहेको बताए । स्वदेश फर्केका नेपालीहरूको पुँजी र सिपको उपयोग गर्न सरकारले विभिन्न पहलहरू गर्दै आएको जानकारी दिँदै बैंकले पनि साथ दिएकोमा उनले आभार व्यक्त गरे ।  

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले वातावरणीय, सामाजिक र आर्थिक दिगोपनमा केन्द्रित गरेर बैंकले आफ्नो यात्रा अघि बढाएको बताए । ‘यो कर्जा योजना बैंकले व्यवसायिक रुपमा मात्र नभई स्थानीय अर्थतन्त्र र साना व्यवसायहरूलाई सहयोग तथा समर्थन गर्न डिजाइन गरिएको एक अभियानका रुपमालिएका छौं,’ उनले भने ।

अध्यक्ष पौड्यालका अनुसार प्रवासमा काम गरेर स्वदेश फर्केका नेपालीहरूको आवश्यकतालाई सम्बोधन गर्न, उनीहरूले हासिल गरेको ज्ञान र विशेषज्ञताबाट उद्यमशीलता प्रवद्धन गर्न यो कार्यक्रम निकै उपयोगी हुने बताए । साथै, विदेशबाट फर्किएका नेपालीलाई उनीहरूको सिपको उपयोग गर्नु, उद्यमशील बनाउन तथा राष्ट्रिय अर्थतन्त्र विस्तार गर्नु यो कार्यक्रमको लक्ष्यभएको उनले जानकारी दिए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले यस्ता योजनामार्फत बैंकले दिगो यात्रालाई जोड दिएको बताए । बैंकले सार्वजनिक गरेको यस्तो स्किम दिगो बैंकिङ विकासको लागि कोशेढुंगा सावित हुने उनको भनाइ छ ।

अर्थतन्त्रमा साना तथा मझौला व्यवसायीहरूको ठुलो योगदान रहेको बताउँदै उनले भने, ‘नबिलले उद्यमशीलता विकासका लागि नबिल स्कुलअफ सोसल इन्टर प्रेनोरशीप कार्यक्रम मार्फत् उद्यमविकासमा आवश्यक ज्ञान प्रदान गरिरहेको छ भने बैंकको यस्तो कर्जा योजनाले देशकै उत्पादकत्व बढाउन मद्दत पु¥याउनेछ भन्ने हाम्रो विश्वास छ ।’ 

यस्ता छन् विशेषता

बैंककाअनुसार यो कर्जा  विदेशमा सिकेको सिपलाई प्रयोग गर्दै नेपालमै केही गरौँ भन्ने सोच बनाइरहेका नेपालीहरूलाई केन्द्रित गरिएको हो । यो कार्यक्रम अन्तर्गत उद्योग तथा व्यावसायिक योजनाको प्रकृतिका आधारमा अधिकतम १० करोडसम्म कर्जा उपलब्ध गराउने छ । 

यस्तो कर्जा न्यून ब्याजमा अधिकतम १० वर्ष अवधिसम्मको लागि उपलब्ध गराइने छ । यो कर्जामा बैंकले आधार दरमाजम्मा १.५ प्रतिशत प्रिमियम थप गरी उपलब्ध गराउने उल्लेख गरिएको छ । 

बैंकको एसएमई, एमएफतथा सस्टेनेवल बैंकिङ प्रमुख अमित श्रेष्ठले यस नयाँ योजनाको विषयमा आफ्नो प्रस्तुति दिँदै आवश्यक कागजपत्र पूरा भएको तीनदेखि पाँच दिनभित्रमा कर्जा प्रवाह भइसक्ने जानकारी गराए । ‘वैदेशिक रोजगारबाट फर्कनु भएका तथा हाल वैदेशिक रोजगारमा रहेका नेपालीहरुको परिवारलाई वित्तीय पहुँच पुर्याउन हामी प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ, उनले भने ।

सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराइ उद्यमशीलता विकास गर्ने बैंकको उद्देश्य रहेको र साना तथा मझौला उद्यमले स्थानीय अर्थ व्यवस्थालाई सुदृढीकरण गर्नुका साथै समाजमा रोजगारी सिर्जना गर्ने उनले बताए ।

यसले रेमिट्यान्सलाई सही ठाउँमा उपयोग गर्नसमेत प्रोत्साहन पुग्ने विश्वास बैंकले राखेको छ । यो कर्जा योजनाले वैदेशिक रोजगारमा रहेका नेपालीका परिवार तथा आफन्तलाई समेत सक्रिय बनाउने अपेक्षा राखिएको छ ।

कार्यक्रममा उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयका सह सचिव विमलप्रसाद बराल, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट, कार्यकारी निर्देशक गुरु पौडेल लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो । 

नबिल बैंक नेपालकै अग्रणी वाणिज्य बैंक हो । बैंकले २६६ वटा शाखा, २२ वटा एक्सटेन्सन काउन्टर, ३१३ वटा एटिएम मेसिनबाट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकको नेपालभर १८ लाखभन्दा धेरै ग्राहकहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit