विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

जति जम्मा भयाे विचार, लिएर राख्छौ सबै लगत
उपस्थित सबै पाहुनाहरूलाई दिलैबाट स्वागत 
पाँचौ वर्ष उत्सव मनाउन यहाँ गर्दैछौ है तर्खर 
विद्युतीय चुल्हो गाँउ शहरमा पुग्दैछ है भर्खर ॥

चुलो प्रयोग गरौँ, होटल चियापसल पुर्‍याउँ सबैका घर
आयातित नभै स्वदेशी ऊर्जाको ढुक्क भै परौ भर
स्वास्थ्य सुधार गराैँ,  वातावरणसँगै स्वच्छ बनाउन भनि
सफा,छिटो हुने चलाउन सजिलो पैसा किफायत पनि।

अभियान चल्यो जुट्यौँ हामी सबै सन्देशलाई बाेकेर
विकास गर्न भनी आायातित सबै एलपिजीलाई रोकेर
स्वाबलम्बी भयौँ विद्युत्‌मा हामी बढ्दैछ उत्पादन 
गुणस्तरसँगै सर्वसुलभ पनि बनाउने छ मन ।

जता घुम्न जाऊँ देखिन्छ अहिले ईन्डक्सन बजार 
कही प्रयोग छ ईन्फारेड पनि जान्छ त्यतै नजर
ईपिसि छ कहीँ प्रयोग देखियो मर्मत केन्द्र छ नि
हाम्रो ध्यान अव  वजार विकाससँगै गुणस्तर पनि ।

निजी क्षेत्रसँगै संघ संस्थाहरू हातेमालो गर्दछौँ
सुसूचित गराउँदै घर-घर चेतनालाई छर्दछौँ
सबै घर-घर चुलो पुर्‍याउँने सरकारको नारालाई
अभियान विकास गरी बुझेका छौँ हाम्रो अभिभारालाई ।

सरकारको अब ध्यान जानुपर्‍याे, दिन्छौँ केही सुझाव
विद्युत्‌काे खपत धेरै बढाउन महसुल सुधारौ अब
नेपालमा चुलो बनाउन पनि गरौँ अब सुरसार
उद्योगमा जोडौँ उद्यमीहरूलाई बढ्छ यहाँ रोजगार ।

सबै घरघर नेपाली जनले सही सूचना पाओस
ईभी मात्र हैन चुलोमा पनि लौ सरकारको ध्यान जाओस् 
भन्न पाउँ अब विद्युत् चुलोमा सरकारको जोड छ
सबै एक भई चुलो अभियान बढाउने होड छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३