विद्युत अपडेट

  • प्राधिकरण : ९५१० मे.वा.घन्टा
  • सहायक कम्पनी : १५७५३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५०९३ मे.वा.घन्टा
  • आयात : १६ मे.वा.घन्टा
  • निर्यात : १९००४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७०३७३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३०३९ मे.वा.
२०८३ असार ३०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
सन्दर्भः अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस

कविता : स्वच्छ ऊर्जा प्रयोग बढाऊँ

ऊर्जा क्षेत्र सबै संस्था, आज एकै ठाउँमा 
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा , दिवसको नाउँमा 
छलफल गर्छौँ, ऊर्जा क्षेत्र सुधारका लागि
विकास गरौँ ऊर्जा क्षेत्र , मनबाटै जागि ॥

स्वच्छ ऊर्जा सबै घर, सहज पुर्‍याउनलाई 
ऊर्जा क्षेत्र मार्गचित्र, सफल बनाउनलाई
लाभ लिन्छौँ घर होटल, भान्सा सुधारेर 
प्रयोग गरी विद्युत्को , गाडी गुडाएर ॥

सरकारी, सहकारी, नीजि क्षेत्र सबै
नीति नियम सुधार गर्न, प्रयास गरौँ अझै
अन्तर्राष्ट्रिय दिवस हाम्रो, अवसर लिन
सबै क्षेत्र प्रण गर्छौँ, केही योगदान दिन ॥

स्वदेशी र विदेशीको, एउटै आवाजबाट
ऊर्जा रूपान्तरण गरी, स्वच्छ ऊर्जा साट
नवीकरणीय ऊर्जालाई, प्रवर्द्धन गरौँ
स्वच्छ ऊर्जा विकास गर्न, सबै अघि सरौँ ॥

सौर्य ऊर्जा, वायु ऊर्जा, जल विद्युत् ऊर्जा
सबैलाई लाभदायक, हुने स्वच्छ ऊर्जा 
बन्द गरौँ प्रयोग गर्न, पेट्रोलियम ऊर्जा
संसारभर मनाऊँ आज, दिवस स्वच्छ ऊर्जा
रचना मितिः २०८१ साल माघ १५ गते

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३