विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एइपिसी) को रिक्त कार्यकारी निर्देशकका लागि आवदेन माग गरेको छ । डा. मधुसुधन अधिकारीको ४ वर्षे कार्यकाल पूरा भएपछि नयाँ कार्यकारी निर्देशकका लागि  आज (फागुन १४ गते) आवेदन खुलाइएको हो । डा. अधिकारी गत माघ २२ गते ४ वर्षे कार्यकाल सफलताका साथ पूरा गरेर बिदा भएका हुन् ।

वैकल्पिक ऊर्जा विकास समिति गठन आदेश, २०५३ को दफा ७ बमोजिम केन्द्रको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने हुँदा यसका लागि आवेदन मागिएको मन्त्रालयले जानकारी दिएको छ । इच्छुको आवेदकले १५ दिनभित्र मन्त्रालयको प्रशासन महाशाखामा आवेदन पेश गर्नुपर्ने उल्लेख छ ।

मन्त्रालयका अनुसार इच्छुक आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा ऊर्जा सम्बन्धी विषयमा स्नातकोत्तर उपाधि सहित वैकल्पिक ऊर्जाको क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्नेछ । साथै, नेपालमा वैकल्पिक ऊर्जाको वर्तमान अवस्था, चुनौती एवम् रणनीति लगायत विषयमा आफ्नो ४ वर्षे व्यावसायिक योजनासमेत पेश गर्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ ।

आकांक्षी अनुहारहरू

अधिकारीको कार्यकाल पूरा भएपछि केन्द्रको नेतृत्वमा जान संस्थाभित्र र बाहिरका दर्जनौं व्यक्तिले आकांक्षा देखाएका छन् । आकांक्षी अनुहारहरूमा संस्थाभित्रैका हाल कामु कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका नवराज ढकाल, निर्देशक डा. नारायणप्रसाद अधिकारी, डा. सूर्यप्रसाद सापकोटा लगायत छन् । ढकाल यसअघि पनि मधुसुधन अधिकारीको पालामा प्रतिस्पर्धामा थिए तर अधिकारी अगाडि आए पनि आफूलाई आपत्ति नहुने भन्दै उनी प्रतिस्पर्धाबाट पछि हटेका थिए ।

संस्थाभन्दा बाहिरबाट यसअघि केन्द्रमै विभिन्न जिम्मेवारी सम्हालेर बाहिरिएका राजु लौडारी, भरतराज पौडेल, लामो समयदेखि नवीकरणीय ऊर्जा क्षेत्रमा काम गर्दै आएका कुशल गुरुङ लगायतले पनि कार्यकारी निर्देशकको जिम्मेवारीमा आउन आकांक्षा देखाएका छन् । यद्यपि, भर्खरै सत्ता गठबन्धनमा फेरबदल भएको, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका राजेन्द्रप्रसाद लिङ्देनले उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिएको र नयाँ मन्त्री को आउने भन्ने निर्क्याेल भइनसकेको हुँदा कसले जिम्मेवारी पाउँछ भन्ने यकिन गर्न गाह्रो देखिएको छ ।

मन्त्रालयले १५ दिनभित्र दरखास्त पेश गर्न आह्वान गरे पनि यस अवधिमा सत्ता गठबन्धन मिलेर नयाँ मन्त्री आउँछन् वा आउँदैनन् ? नेतृत्व छनोट प्रक्रियाले कति समय लिने लगायत पक्ष अझैसम्म अन्योल नै देखिएको छ । यद्यपि, हाल कामु जिम्मेवारीमा रहेका ढकाल नै नेतृत्वमा आउने बढी सम्भावना देखिन्छ ।

वैकल्पिक ऊर्जाको क्षेत्रमा कार्यरत विभिन्न व्यक्ति तथा संघ संस्थाले भने कार्यकारी निर्देशक संस्थाभन्दा बाहिरबाट आउनुपर्ने धारणा राख्दै आएका छन् । तथापि, सत्ता गठबन्धन र नयाँ मन्त्री को आउने भन्ने विषयले सबै कुरा निर्धारण गर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit