विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोर्दी जलविद्युत कम्पनीको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले लमजुङमा निर्माणाधीन १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको साधारण सेयर आवेदन खुल्ला गरेकाे हो ।

सय रूपैयाँमा अंकित १० करोड ५४  लाख २६ हजार रूपैयाँ बराबरको साधारण सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार  जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दा (साविकको भारते, अर्चनबोट, थीमन्ज्याङ, नौचर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिमेटक्सार) का लागि निष्कासन गरिएको छ । 

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । स्थानीयले छिटोमा बैशाख २७ गतेसम्म र ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । निर्माणाधीन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट बैशाखभित्र उत्पादन सुरु गर्ने कम्पनीको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit